वीरगन्ज सतिह भारत र चिनसँग जोडिएको सिमा नाकाहरुमा आवगमन बन्द
वीरगंज संजाल
१० चैत्र २०७६, सोमबार १३:५७
६७७१
वीरगन्ज | सरकारले गरेको निर्णय अनुरुप आज विहान १० बजे देखि १६ गते मध्य रातको १२ सम्म अर्थात एक साताको लागि भारत र चिनसँग जोडिएका सबै सिमानाकाहरु शिल गरिएको छ । नेपालकै मुख्य नाका रुपमा रहेको वीरगन्ज–रक्सौल नाका सहित देशै भरीका सबै सिमा नाकाहरु बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।
कोरोनाको उच्च जोखिमलाई नध्य नजर गर्दै नेपाल सरकारले गरेको निर्णय अनुसार भारत तथा चिनसँग जोडिएको नाकाहरु १६ गते सम्मको लागि बन्द गरिएको पर्साका सहायक जिल्ला अधिकारी ललित कुमार वस्नेतले वताउँनु भयो । नाकामा आवत–जावत पूर्ण रुपमा बन्द गरिएको भए पनि अत्याआवश्यक माल समान तथा पेट्रोलियम पदार्थ लगायतका गाडीहरु भने सुचारु नै रहेको वस्नेतले वताउँनु भयो ।
भारत र चिनमा फैलिएको कोरोना भाइसरको चेनलाई जोडन तथा नेपाललाई कोरोनाको महामारीबाट बचाई राख्न सरकारले कडा निति लिएको सहायक प्रमुख जिल्ला अधिकारी वस्नेतले बताउँनु भयो । सरकारले नाका सिल गर्ने निर्णय गरेसँगै भारत र चिनबाट कुनै पनि यात्रु नेपाल प्रवेश पाउँने छैनन् ।
आइतवार ९ गते पर्साको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा वसेको सरोकारवालाको वैठकले गरेको निर्णय सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले भारतसँग जोडिएको सबै नाकाहरुमा आवगममा रोक लगाइएको पर्साका सहायक जिल्ला अधिकारी ललित कुमार वस्नेतले वताउँनु भयो ।
पर्साको प्रमुख जिल्ला अधिकारी कार्कीको अध्यक्षतामा वसेको बैठकले चैत १० गते विहान १० बजे देखि १६ गते मध्यरातको १२ बजे सम्मको लागि नेपाल भारतबिचका सबै नाकाहरुबाट यात्रुहरुको आवगमन बन्द गर्ने,सिमानाकाबाट सबै मालबााहक सवारी साधान निर्वाध रुममा संचालन हुन दिने ।
त्यता मालबाहक सवारी साधनका चालक र अन्य कर्मचारीको अनिवार्य स्वास्थ्य परिक्षण गरी निजहरुलाई क्वारेन्टाइनमा रहेने सुनिश्चितता गर्ने र सीमा नाकाका क्वारेन्टाइन तथा हस्पिटलमा रहेका आसोलेशन वार्डहरुमा अवाञ्छित क्रियाकलाप लगायतका गतिबिधि हुन नदिन सुरक्षा निकायहरुले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउँने निर्णय गरेको थियो । कोभिड १९ कोरोनाबाट नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले पनि वताइसेको तथा भारत र चिनमा यो महामारीकै रुपमा फैलि सकेको कारण सरकारले यस्तो कदम उठाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।