विरगंज | नयाँ कोरोनाभाइरस गम्भीर मुद्दा बनेको छ। दुई महिनाभन्दा कम समयमा थुप्रै महादेशमा कोरोनाभाइरस फैलिएको छ। तीनभन्दा धेरै र भिन्न भौगोलिक क्षेत्रमा दिगो र निरन्तर रूपमा रोग फैलिए त्यसलाई प्यानडेमिक वा महाव्याधि भनिन्छ। यसले भाइरस कति घातक छ भन्दा पनि प्रसार र भौगोलिक विस्तारलाई बढि बुझाउँछ।हामीसँग डरको महाव्याधि भने पक्का छ। संसारको समग्र सञ्चारमाध्यम कोरोनाभाइरसमै केन्द्रित छ। गहन चासो र पूर्वतयारी हुनु पक्कै राम्रो हो। कोरोनाभाइरसले विश्व स्वास्थ्यसँगै व्यापार र राजनीतिमा पनि प्रभाव पारिरहेको छ।तर अत्यास मान्नुहुँदैन भन्ने पनि उत्तिकै साँचो हो। कोभिड १९ बाट सुसमाचार आउँछ भन्नु गलत हुनेछ तर आश गर्नुपर्ने कारणहरू छन्। भाइरस नियन्त्रण र परास्त गर्न सकिने उपाय हुनसक्छन् भन्ने आधार छन्। साथै भविष्यक लागि पाठ पनि हुनेछ।
१. यो के हो, हामीलाई थाहा छ
पहिलो पटक एड्सको घटनाहरू जून १९८१ मा वर्णन गरिएको थियो। रोगको भाइरस ९एचआइभी० पहिचान गर्न दुई वर्षभन्दा धेरै लागेको थियो। कोभिड १९ सँगै निमोनियाको गम्भीर घटना डिसेम्बर ३१, २०१९ मा चीनमा फेला परेको थियो। जनवरी ७ सम्म भाइरसको पहिचान पनि भइसकेको थियो। जिनोम दशौं दिनमा उपलब्ध थियो।नयाँ कोरोनाभाइरस सार्स परिवारको २बि समूहको भन्ने पनि थाहा भइसकेको छ। यसलाई सार्सकोभ२ भनिन्छ। रोगलाई कोभिड १९ भनिन्छ। यो कोरोनाभाइरस चमेराबाट आएको मानिन्छ।
२. भाइरस पहिचान गर्ने तरिका पत्ता लागेको छ
जनवरी १३ देखि भाइरस पहिचान गर्ने परीक्षण उपलब्ध छ।
३. चीनको अवस्थामा सुधार भइरहेको छ
चीनले गरेको कडाइ र “आइसोलेसन” का उपायहरू प्रभावकारी देखिएका छन्। धेरै साता भइसक्यो, नयाँ संक्रमण घट्दै गएको छ। अन्य देशहरूमा पनि विस्तृत अध्ययन अनुसन्धान भइरहेको छ। महामारी निश्चित स्थानमा मात्रै देखिएका छन्। त्यसैले सहज नियन्त्रण हुने सम्भावना पनि छ।
४. ८० प्रतिशत संक्रमण सामान्य प्रकारका छन्
रोगको लक्षण देखिदैंन अथवा ८१ प्रतिशत सामान्य प्रकारको संक्रमण हो। १४ प्रतिशतलाई गम्भीर प्रकृतिको निमोनिया र ५ प्रतिशतको ज्यान जाने सम्भावना पनि छ। मृत्यु दर अझै स्पष्ट भइसकेको छैन। अनुमान गरिएभन्दा कम पनि हुनसक्छ।
५. रोग निको हुन्छ
सञ्चार माध्यममा रोग पहिचान गरिएका र मृत्युका समाचार मात्रै आउँछन् तर अधिकांश बिरामी निको भएका छन्। मृत्युका घटनाभन्दा १३ गुणा धेरै बिरामी निको भएका छन्, र यो अनुपात बढ्दो छ।
६. बालबालिकामा सामान्य लक्षण देखिन्छ
२० वर्षमुनिका ३ प्रतिशत व्यक्तिलाई मात्रै संक्रमण देखिएको छ। ४० वर्षमुनिका व्यक्तिको मृत्युदर मात्रै ०।२ प्रतिशत छ। बालबालिकामा सामान्य लक्षण देखिन्छ।
७. भाइरस नाश गर्न सकिन्छ
इथानोल ९६२ ७१५ अल्कोहल०, हाइड्रोजन पेरोक्साइड ९०।५५ हाइड्रोजन पेरोक्साइड० वा सोडियम हाइपोक्लोराइट ९०।१५ ब्लिच० को मिश्रणले एक मिनेटमै सतहबाट भाइरसलाई निमिट्यान्न पार्न सकिन्छ। साबुनपानीले बारम्बार हात धुनु संक्रमणबाट बच्ने प्रभावकारी उपाय हो।
८. विज्ञान लागिपरेको छ
यो अन्तर्राष्ट्रिय विज्ञान सहकार्यको युग हो। एक महिनाको अवधिमा कोभिड १९ वा सार्सकोभ२ बारे पबमेडमा १६४ ओटा लेख आए। खोप, उपचार, इपिडेमियोलोजी, जेनेटिक्स आदिबारे प्रारम्भिक काम भइरहेको छ। विश्वभरि पढ्न सकिने ती लेखहरू करिब ७०० लेखकले लेखेका हुन्। यो सहकार्यात्मक विज्ञान हो, साझा र खुला। सन् २००३ मा सार्सको महामारी हुँदा योभन्दा आधा संख्याको लेख पाउन एक वर्षभन्दा धेरै लागेको थियो। यसबाहेक, अधिकांश वैज्ञानिक जर्नलहरूले कोरोनाभाइरसको विषयलाई लिएर उनीहरूको प्रकाशन खुला पहुँचमा राखेका छन्।
९. खोपको प्रोटोटाइप पनि विकास भइसकेको छ
नयाँ कोरोनाभाइरस विरूद्ध खोपको खोजि गरिरहेको आठभन्दा धेरै परियोजनाहरू सञ्चालन भइरहेका छन्। उस्तै भाइरस विरूद्ध खोप परियोजनाहरू सञ्चालन गर्ने समूह पनि छन्।अष्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको खोप समूहले “मोलिक्युलर क्ल्याम्प” नामक नयाँ विधि प्रयोग गरेर एउटा प्रोटोटाइपमा काम गरिरहेको घोषणा गरेको छ। यो एउटा उदाहरणमात्रै हो। चाँडै नै ती प्रोटोटोइफको मानवीय परीक्षण पनि सुरू हुनसक्छ।
१०. एन्टीभाइरल परीक्षण
खोप रोकथापको विधि हो। तत्काल संक्रमितको उपचार महत्त्वपूर्ण छ। कोरोनाभाइरसको ८० भन्दा धेरै उपचार परीक्षण भइरहेको छ। ती परीक्षण एन्टीभाइरल विधि हुन् जसलाई यसअघि नै स्वीकृत गरिएको छ। ती विधि सुरक्षित छन्।तीमध्ये एउटा रेम्डेसिभिर हो जसको मानवीय परीक्षण भइसकेको छ। यसलाई इबोला र सार्सरमर्स विरूद्ध परीक्षण गरिएको छ।