धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित रहेकाे कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतो पक्राउ परेका छन् । अनुगमन टोलीले आज (शनिबार) उक्त क्रसर उद्योगमा अगुगमन गर्दा अबैध रुपमा संचालन गर्दै आएकाे भेटिएपछि क्रसर उद्योग संचालक महतो पक्राउ परेका हुन् ।गणेशमान चारनाथ नगरपालिकाका अनुसार महताेले झन्डै तीन वर्षदेखी कुनै प्रकारको कर नतिरेको र झुठो बोल्दै सरकारी जग्गा कब्जा गरेर गैर कानूनी रुपमा उद्योग संचालन गर्दै आएका छन् । महतोलाई नगरपालिकले बारम्बार मौखिक र लिखित जानकारी गराउँदा पनि वेवास्ता गरेकाे नगर प्रमुख रामबाबू यादवले जानकारी दिनुभयाे ।
जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झाका अनुसार आफूहरुले यो उद्योगलाई नवीकरणको लागि आग्रह गर्दा अटेर गरेको र सोध खोज गर्दा उद्योग बंद रहेको भन्दै महताेले झुठो बोल्दै आएका थिए ।धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवको प्रतिनिधित्वमा उक्त क्रसर उद्योगमा अगुगमन गरिएकाे थियाे ।अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख रमेश कुमार बश्नेत, शसस्त्र प्रहरी बल जनकपुरका प्रहरी उपरीक्षक राजेश उप्रेती, नेपाली शेना महेंद्र नगर गणका प्रमुख रूपखेती, सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेल, गणेशमान चारनाथ नगर पालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि सहित उपस्थिति थिए ।