विप्लव समूहका रौतहट जिल्ला ईन्जार्चसहित २ जना पक्राउ
वीरगंज संजाल
८ चैत्र २०७६, शनिबार १२:२०
४३४३
रौतहट | विप्लव समूहका रौतहट जिल्ला ईन्जार्चसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।डीएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको टोलीले रौतहटको चन्द्रपुर नपा-३, महादेवडाडा अल्लाजोरबाट चन्द्रपुर–५ थलहीटोल घर भएका रौतहट जिल्ला इन्चार्ज कुमार भनिने मान बहादुर राई र जिल्ला सदस्य बागलुङ ढोरपाटन नगरपालिका–२ बुर्तिवाङका जगत भनिने कमल गुरुङलाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट ग्रिनेड बम, एक थान पेस्तोल, गोली, मोबाइल ७ थान, केही सिमकार्ड, पार्टीको दस्तावेजहरु बरामद गरिएको डीएसपी शाहीले बताए। जनप्रतिनिधिलाई धम्क्याउँदै चन्दा मागेको, एनसेल टावरमा आगजनी गरेको आरोप उनीहरुलाई लागेको छ ।प्रहरीले केहीदिन अघि पनि रौतहट जिल्ला सेक्रेटरी दिर्शना शाही र जिल्ला सदस्य दुर्गा बललाई पक्राउ गरेको थियो।