एजेन्सी | होल्यान्डमा वैज्ञानिकहरुको एक समूहले आफूहरुले कोरोना भाइरसलाई रोकथाम गर्ने र त्यसको पहिचान गरेर ठिक बनाउन सक्ने प्रतिरोधक पत्ता लगाएको दाबी गरेका छन् ।
बिबिसीकी हेगबाट संवाददाता एना होलिगनले अहिलेसम्म यो प्रतिरोधकलाई मानिसमा परीक्षण नगरिएको र र यस्तो गर्न लामो समय लाग्न सक्ने बताएकी छिन् ।
इरेस्मस मेडिकल सेन्टर तथा उत्रेच्ट विश्वविद्यालयका शोधकर्ताले यो खोज यसअघि गरिएको सार्सको प्रतिरोधात्मक खोजजस्तै भएको बताएका छन् । सार्स २ कोरोना परिवारका त्यही भाइरस हो जुन कोभिड १९ को महामारीका लागि जिम्मेवार छ ।
त्यसो त यी वैज्ञानिकले पहिले नै सार्स १ को लागि प्रतिरोधात्मक बनाउने परियोजनामा काम गरिरहेका थिए । त्यही समयमा कोरोना भाइरसको महामारी फैलिएको हो ।
वैज्ञानिकहरुले प्रतिरोधात्मकको सहयोगमा यो संक्रमण रोक्न र फैलन नदिन सकिने दाबी गरेका छन् । तर, यो रिसर्चको नतिजाको समीक्षा अहिले गर्न थालिएको छ । अनि यसको गहन परीक्षण पनि बाँकी छ ।
शोधकर्तालेहरुले कोभिड १९ कै लागि औषधि बनाउन वर्षौँ लाग्न सक्ने र त्यति बेलासम्म यो भाइरस नै हराउन पनि सक्ने बताएका छन् ।