वीरगंज । अवैध रूपमा उत्पादन गरिएको ४ सय लिटर घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ । घरेलु मदिरा नियन्त्रणको लागी थालनी गरिएको बिशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका टोलीले बीरगञ्ज बाइपास, छपकैया लगायतकाे विभिन्न स्थानबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिनु भयो।
घण्टाघर चोक देखि वीरगंज भन्सार सम्मबाट ४ सय लिटर लोकल रकसी बरामद गरिएकाे प्रहरी निरिक्षक पनेरुले वताउनु भयाे । विभिन्न प्लाष्टिकको ग्यालनहरुमा, बोटलहरुमा घरेलु मदिरा राखी लुकाई छिपाई बेची रहेको अवस्थामा नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगाएतको रोहबरमा नष्ट गरिएको छ ।