वीरगञ्ज । वीरगञ्जमा झण्डै एक महिनादेखि अलपत्र अवस्थामा रहेकी वृद्धाको उद्दार गरिएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले घण्टाघर नजिकैबाट उनको उद्दार गरेको हो ।मानव सेवा आश्रम वीरगञ्ज शाखाका संरक्षक प्रकाश थारु, देवेश गुप्ता लगायतको टोलीले वृद्ध महिलाको उद्दार गरेका थिए ।
हातमा घाउ भएका कारण उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ । इमर्जेन्सीमा प्रारम्भिक उपचारपछि अर्थो वार्डको १२९ नम्बर बेडमा राखेर उनको उपचार भइरहेको सामाजिक अभियन्ता थारुले बताए ।अस्पतालमा उपचार गराइसकेपछि उनलाई मानव सेवा आश्रममा ल्याएर राखिने आश्रमका देवेश गुप्ताले जानकारी दिए ।