• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  कविता

    छोडेर जानुको रहस्य !

  • वीरगंज संजाल
  • Mar 14, 2020, 6:44 am
  • ३७९७

    छोडेर जानुको रहस्य !
    जसरी
    पवनको प्रत्येक झोँकाहरूको फूल स्पर्शमा
    सुभाषहरुले छाडेर जान्छन्

    सल्किएर सूर्तिहरूले धुवाँको सडकमार्गबाट
    फिल्टरहरूलाई छाडेर जान्छन्
    रूखका हाँगाहरूमा झुलिरहेका पातहरूले
    उजाड बनाएर छाडेर जान्छन्
    बाँसुरीको प्वालहरूलाई सरगमका नादहरूले छाडेर जान्छन्
    पहाडको अस्तित्वलाई पहिरोमा ढुङ्गामाटोले छाडेर जान्छन्
    निधारका टीकाहरूलाई अक्षताले छोडेर जान्छन्
    यसरी भेटिनु, छुटिनु र परिवर्तन हुनु
    जीवन हुन सक्छ
    कति चक्रझैं घुम्लान्
    कति समानान्तर रेखा होलान् ।
    तर याद
    गोडाको बूढीऔंलामा दायाँबायाँ पलाएको नङ जस्तै
    गढेर चसक्क झस्काउँछ ।
    कहिले  साथ नछोडेका घाम, आकाश, जल, पवन
    र, यो माटोलाई
    सोध्ने मन थियो– के हो रहस्य ?
    तर मौन छन्
    मौनमै प्रश्न खोज्ने अभ्यास गर्दैगर्दा
    भेटिन थालेका छन्
    केही जबाफ ।
    छोडेर जानेहरू केही न केही दिएर जान्छन्
    छोडेर जानेहरू केही न केही लिएर आउँछन्
    जसरी,
    सूर्यास्तले सिङ्गो अँध्यारो छोडेर जाँदा
    शीतल जुनताराको आकाशवाटिका दिएर जान्छ
    रातभरि प्यासी धर्तीलाई
    तिर्खा मेटाउन छोडेर गएका शीतहरूले
    बिहानभरि कुहिरोको मसी बनेर
    आकाशको क्यानभासमा चित्र कोर्छन् ।
    जवानहरूले छोडेको गएको
    नुनबिनाको तरकारी जस्तो जीवन
    पसिना र रगतले किनेर ल्याउँछ स्वादिलो
    प्रिती भोजमय जीवन ।
    मुर्झाएर छाडेर गएका फूलहरूले
    नयाँ बिज बनेर पुनः वाटिका सजाउँछ ।
    जीवित रहनलाई पनि त
    छोडेर गएको कार्बोनडाइक्साइडको
    रित्तो स्थान पाएपछि मात्र
    प्राणवायुले प्राण भर्दो रैछ !

    प्रयोग–दुरुपयोग 
    मालिकले निर्दोष श्रमिकमाथि
    निगालोको लौरीले बजाइरह्यो
    पातलो छालाई नीलडाम पार्दै
    बूढो हड्डीबाट कर्कश सङ्गीत बजुञ्जेल
    मालिकले छोडेर गएको निगालोमाथि
    श्रमिकले रिस निकाल्यो
    अगुल्टोले झोसेर प्वालैप्वाल बनायो
    पीडाको सुस्केरा के निकालेको थियो
    बाँसुरी बनेर सुमधुर सङ्गीतको सुसेली सुसेल्यो
    तमाम चहराएका घाउहरूमा
    मल्हमपट्टी लगायो ।
    मजदुर निर्दोष भएको खबरले
    उता मालिक पश्चात्तापले जागाराम थिए
    जब अचानक बाँसुरीको सुरिलो धुन सुने
    ध्यानमा लिन भएर भुसुक्कै निदाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑