कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
वीरगंज संजाल
२८ फाल्गुन २०७६, बुधबार ०७:३३
२९७९
इरानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको मृत्यु भएको छ ।इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा यो दुखद घटना भएको हो ।
कोरोना भाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच स्थानीय बासिन्दाहरुले उक्त रक्सी पिएको समाचारमा उल्लेख छ ।यसरी रक्सी पिउँने मध्ये २७० जना उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।मिसावटयुक्त रक्सी बेचेको आरोपमा सात जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।