आज:
  • होमपेज / देश

    दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७६, बुधबार ०७:११
  • ४४८५

    काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेका दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि काम छोडेर बेपत्ता हुँदा पनि मन्त्रालयले उनीहरूमाथि कारबाही गर्न सकेको छैन । २४ वर्षदेखि बेपत्ता केही अधिकृतबारे मन्त्रालयको प्रशासनिक नेतृत्व बेखबर जस्तै छ । लामो समयदेखि अधिकृत बेपत्ता हुँदा ती पदहरूमा नयाँ भर्ना प्रक्रियासमेत सुरु भएको छैन । बेपत्ता कर्मचारी अमेरिका, बेलायत, अस्ट्रेलियालगायत देशमा रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरू अध्ययन, तालिमका लागि भन्दै विदेश गएको र उतै जागिर खाएर बसेको जनाइएको छ । केही अधिकृत भने सेवा निवृत्त हँुदा समेत यसको रेकर्ड मन्त्रालयमा छैन ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार पशु सेवातर्फका भेटनरी अधिकृतहरू बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उपसचिवस्तरका वरिष्ठ पशु चिकित्सक खड्ग सिंह विष्ट र विश्वचन्द्र घिमिरे छन् । विष्ट २४ वैशाख २०७० देखि र घिमिरे २०५७ देखि नै बेपत्ता छन् ।

    यसैगरी मन्त्रालयका अनुसार पशु चिकित्सक सुवास शिवाकोटी २०७० सालदेखि नै बेपत्ता छन् । वेपत्ता हुने अन्य पशु अधिकृतहरूमा विनु श्रेष्ठ, विष्णुबहादुर अधिकारी, कृष्णप्रसाद कँडेल, अञ्जनकुमार चालिसे, तोयानाथ बराल, तुलसीराम थापा, यादव बजगार्इंलगायत छन् । मन्त्रालयका अनुसार केही अधिकृत २०५२ सालदेखि नै बेपत्ता भएका छन् ।

    निजामती सेवा ऐनअनुसार बिनासूचना लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया थाल्नुपर्छ । तर, कृषि मन्त्रालयको प्रशासनिक नेतृत्वले त्यस सम्बन्धमा कुनै पहल नै नगर्दा ती कर्मचारीमाथि कारबाही हुन नसकेको हो । तर, मन्त्रालयको प्रशासन महाशाखाले भने लामो समयदेखि बेपत्ता रहँदै आएका ती अधिकृतको खोजतलास गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

    महाशाखाका प्रमुख सहसचिव डा. नारायण रेग्मीले २०/२२ वर्षदेखि सम्पर्कविहीन अधिकृतलाई पदबाट हटाउने प्रक्रिया थालिएको जानकारी दिए । उनले लामो समय अधिकृृतहरू सम्पर्कविहीन हँुदा पद ओगटिएको र नयाँ भर्ना गर्न नसक्दा काम प्रभावित हुन पुगेको बताए । ‘अब लामो समयदेखि बेपत्ता भएका सबैलाई हटाएर रिक्त पद कायम गरिने र रिक्त पदमा नयाँ भर्ना प्रक्रिया थालिने प्रशासन महाशाखा प्रमुख डा. रेग्मीले जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले वर्षौंअघिदेखि कर्मचारी बेपत्ता हँुदा कारबाही नगर्नु कृषि मन्त्रालयको त्रृटि भएको बताए । उनले मन्त्रालयले छिटोभन्दा छिटो सबै कर्मचारीको नाममा सार्वजनिक सूचना जारी गरी कारबाहीस्वरूप हटाउने प्रक्रिया थाल्नुपर्ने जनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑