पत्रकार बिरेन्द्र साहको हत्यामा समलग्न रहेका मुख्य नायिके फौजदार पक्राउ
वीरगंज संजाल
२५ फाल्गुन २०७६, आईतवार ११:०४
५३४५
बारा | पत्रकार विरेन्द्र साहको हत्याका मुख्य नायिके कुन्दन फौजदारलाई बारा प्रहरीले पक्राउ गरेको छ । विरेन्द्र साहको हत्या गरेको आरोप लागेका फौजदार फरार रहदै आएका थिए । लुकिछिपी वस्दै आएका फौजदार होली मनाउँन घर आएको वेला बिशेष सुराकीको अधार प्रहरीले घरबाटै पक्राउ गरेको हो । बाराको बारागढी गाउँपालिका वडा नं ६ गडहल निवासी फौजदार तत्कालिन माओवादोका चर्चित नेताको रुपमा स्थापित रहेका थिए । उनी माथी अन्य थुर्पै हत्याको पनि आरोप लगादै आएको छ ।
सशस्त्र हिंसाका बेला तत्कालीन माओवादीले १८ असोज २०६४ मा साहको अपहरण गरेको थियो भने २३ कात्तिक २०६४ मा उनको शव जंगलमा फेला परेको थियो । साहको हत्याका आरोपी लालबहादुर चौधरी धामी, कुन्दन फौजदार, हरेराम पटेल, मनेजर गिरी र राम एकबाल सहनीलाई पक्राउ गर्न जिल्ला अदालत बाराले आदेश दिए पनि तीमध्ये गिरी र सहनीमाथि मात्रै कारवाही भएको थियो ।
सहनी र गिरीलाई जिल्ला अदालत बाराले गरेको सर्वस्व सहित जन्मकैदको फैसला सर्वोच्चले समेत सदर गरिसकेको छ भने धामी, फौजदार र पटेललाई प्रहरीले पक्राउ नगरेकै कारण उनीहरुको मुद्दा अझै जिल्लामै मुल्तवीमै रहेको थियो । फौजदार पक्राउ परे पनि पत्रकार साहको हत्या आरोप लागेका अन्य दुई जना हरेराम पटेल र लालबावु चौधरी अहिले पनि फरार छन् ।
बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्राले फौजदारलाई आईतवार बिहान २ बजे पक्राउ गरिएको पुष्टी गर्दै दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरी घटनाको बिषयमा विसतृत जानकारी दिने बताउँनु भयो । प्रहरी फौजदारलाई पक्राउ गर्ने क्रममा केहि राउण्ड हवाई फारङ्गि समेत गरेको स्थानियहरुले बताएका छन् । पत्रकार साहलाई २०६४ साल असोज १८ गते मओवादीका नेताहरुले अपहरण गरी निर्मम तरिकबाट हत्या गरेका थिए । हत्या अन्य दुई आरोपी लालबावु चौधरी आवोवादीका तत्कालिन जिल्ला इज्चार्ज तथा हरेराम पटेल जिल्ला सेकेटरी रहेका थिए ।