आज:
  • होमपेज / देश

    सार्वजनिक स्थलमा धूमपान निषेध गर्न सबै स्थानीय निकायलाई निर्देशन

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७६, शनिबार १२:००
  • ४८२५

    काठमाडौँ । सरकारले सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ स्थानीय तहलाई पत्र लेख्दै सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निधेषलाई कार्यान्वयन गराउन निर्देशन दिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आग्रहमा देशभरका सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थलाई पूर्ण निधेष गर्न भनिएको छ। सामान्यले स्थानीय निकायलाई लेखेको पत्रमा स्वास्थ्यबाट आएको पत्र उल्लेख गरेको छ ।स्वास्थ्यले सबै स्थानीय निकायलाई निर्देशात्मक पत्र लेख्न भन्दै चार दिन अघि १९ फागुनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको थियो ।सामान्य प्रशासन  मन्त्रालयको निर्देशनअनुसार अब स्थानीय तहहरूले आ–आफ्ना नगरपालिकारगाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान निषेध गरिएको र त्यससम्बन्धी कारबाहीको जानकारी दिन अनिवार्य रूपमा होर्डिङ बोर्ड राख्नुपर्नेछ।

    ‘कानुनले सार्वजनिक स्थानमा धुम्रपान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्न रोक लगाएको छ तर सार्वजनिक स्थलमा सर्वसाधारणलाई निषेधबारे जानकारी हुनेगरी सूचना टाँस नगरिएको जनगुनासो छ,’ निर्देशनमा भनिएको छ, ‘स्थानीय तहअन्तर्गतका सबै कार्यालयमा कानुनद्वारा निर्दिष्ट सूचनाहरू पर्याप्त मात्रामा देखिनेगरी टाँस गर्ने व्यवस्था मिलाउन सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति अनुरोध गर्छ।’ यो निर्णयसँगै अब सबै स्थानीय तहले सर्वसाधारणलाई जानकारी हुनेगरी आ–आफ्नो कार्यालय र स्थलमा धूमपान र सूर्तीजन्य निषेधसम्बन्धी सूचना स्पष्टसँग देखिनेगरी राख्नुपर्नेछ।

    यो निर्णयसँगै अब कसैले सरकारी वा सार्वजनिक कार्यालय, विद्यालय, कलकारखाना, मठमन्दिर, डिपार्टमेन्ट स्टोर, रंगशालालगायत धेरे मान्छे भेला हुने ठाउँमा धूमपान र सुर्ती सेवन गर्न पाउनेछैनन्। मन्त्रालयले कसैले अटेर गरी सार्वजनिक स्थलमा धूमपान र सुर्तीजन्य पदार्थ सेवन गरेको पाइए निजलाई उक्त ठाउँबाट निकाल्ने र सय रुपैयाँसम्म कारबाही गर्न निर्देशन दिइएको छ।यदि कुनै कार्यालयले सार्वजनिक स्थलमा धूमपान सेवन निषेधबारे सूचना टाँस नगरे जिम्मेवार व्यवस्थापकलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गर्नसमेत निर्देशन दिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑