भेट्टियो सगरमाथा भन्दा ठूलो उल्कापिण्ड, ठोक्किँदा आउन सक्छ सुनामी
वीरगंज संजाल
२४ फाल्गुन २०७६, शनिबार ०६:३९
५१७७
काठमाडौं । अमरिकाको अन्तरिक्ष एजेन्सी नासाले एक विशालकाय उल्का पिण्ड फेला पारेको छ । यो उल्कापिण्ड आकारमा माउण्ट एभरेष्ट (सगरमाथा) भन्दा ठूलो रहेको बताइएको छ ।वैज्ञानिकहरुले उक्त उल्कापिण्ड धर्तीतिर तेज गतिमा आईरहेको बताएका छन् । यदि यो वायुमण्डलसँग ठोक्कियो भने सुनामीको खतरा हुनसक्दछ ।किनभने सन् १००८ मा साइबेरियाको वायुमण्डलमा उल्कापिड ठोक्किँदा सुनामी आएको थियो, तर त्यसबेलाको उल्कापिण्डको आकार सानो थियो भने यो उल्कापिण्डको आकार विशाल रहेको वैज्ञानिकहरुले बताएका छन् ।
त्यसबेला उल्का पिण्ड सानो भएकोले नोक्सान पुर्या‘उनु पूर्व आफैँ जलेर नष्ट भएको थियो । नासाका वैज्ञानिकहरुका अनुसार यस पटक यो उल्कापिण्ड धर्तीतिर तेज गतिमा आइरहेको र यसको आकार पनि अत्याधिक ठूलो रहेको बताएका छन् ।त्यसैले धेरै नोकशान हुने आशंका गरिएको छ । तर गणनाका अनुसार वायुमण्डलसँग ठोक्किँने बेला उल्कापिण्ड धर्तीभन्द्या केहि किलोमिटर टछाढाबाट जाने हुनाले त्यति क्षति नहुने बताइएको छ । यस उकापिण्डको नाम ५२७६८ (१९९८ ओ आर् २) रहेको छ ।
यस उल्का पिण्डलाई नासाले सबैभन्दा पहिला सन् १९९८ मा फेला पारेको थियो । यो उल्का पिण्ड अब आउने महिनामा अर्थात् अप्रिल २९ मा धर्तीको नजिकबाट वायुमण्डलसँग ठोक्किएर जानेछ ।डक्टर स्टीवन प्राव्दोले यसको बारेमा एक बयान दिँदै उल्का पिण्ड ५२७६८ ले सूर्यको एक चक्कर लगाउन १३ सय ४० दिन लगाउने गरेको बताएका छन् ।
उल्का पिण्ड धर्तीतिर ३१ ह्जार ३ सय १९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आईरहेको छ । खगोलविदका अनुसार यस्तो उल्कापिण्डहरु हरेक १०० सालमा धर्तीसँग ठोक्किने सम्भावना ५० हजार वटा सम्भावना हुन्छन् ।