काठमाडौं । धनुषा र पूर्वी नवलपरासीमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।धनुषाको धनुषाधाम नगरपालिका ८ मा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हँसपुर नगरपालिका ३ का अन्दाजी २५ वर्षीय सुनिल कापड र सोही ठाउँका अन्दाजी २५ वर्षकै सुबोध कापड छन् ।
हिजो बेलुकी साढे सात बजे नम्बर नखुलेको सवारी साधनले उनीहरु सवार अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएको थियो ।ठक्कर दिने सवारी साधन र त्यसको चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।यसैगरी पूर्वी नवलपरासीको देवचुली नगरपालिका ७ गाविस चोकमा ना १४ प ५११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।