काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल भेरी–कर्णाली ब्युरोले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने पदम तिरुवाका पिता मुन तिरुवा सहिद भएको दाबी गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी जुम्लाले तिरुवाका बुवा कुनै सहिद नभएको भनी जारी गरेको विज्ञप्तिको खण्डन गर्दै नेकपाले उक्त तथ्य बङ्ग्याउने काम गरेको भन्दै युवा संगठनले आक्रोश व्यक्त गरेको छ ।
ब्युरो इन्चार्ज दीपले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय सभागृहमा नेकपा (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि सहिदपुत्र रतन तिरुवाबाट भएको जुत्ता प्रहारपछि उक्त पार्टीको जुम्ला जिल्ला समितिले सहिदहरूको अपमान हुने गरी निज रतन तिरुवाका बुबा सहिद होइनन् भन्ने खालको नैतिकहीन र हलुका वक्तव्य बाहिर ल्यायो ।’२०५७ सालमा तत्कालीन राज्यद्वारा पार्टी कामको सिलसिलामा हिँडिरहेका बेलामा मन तिरुवालाई बेपत्ता पारेर मारिएको दाबी गर्दै उनलाई सहिद होइन भनेर भन्नु जनयुद्धप्रतिको अपमान भएको समेत विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिको पूर्णपाठ…