• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सुर्खेतको जंगलमा कसरी भयो सामूहिक गौहत्या? नेपालगञ्जका मेयरले स्वीकारे लापर्वाही

  • वीरगंज संजाल
  • १५ भाद्र २०७६, आईतवार ००:४५
  • ४३१३

    काठमाडौँ – सरकारले नेपालगञ्जबाट लगिएका गाई सुर्खेतमा मृत भेटिएको घटनाको अनुसन्धानका लागि उपसचिवको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    सामूहिक रुपमा गाईहरु मृत भेटिएको घटनाबारे छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

    उक्त समितिलाई घटनाको सत्यतथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाहीको सिफारिस गर्ने कार्यादेशसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये ३१ गाईगोरु वीरेन्द्रनगरको कटकुवास्थित जंगलमा मृत फेला परेका थिए ।

    यसअघि कञ्चनपुरबाट ट्रकमा लोड गरेर ल्याइएका गाईगोरु कैलालीको खानीडाँडा जंगलमा भीरबाट खसोलर हत्या गरिएको थियो । अहिले त्यस्तै घटना सुर्खेतमा पनि भएको छ । गजब कुरा त के भने हिन्दु धर्मको एजेण्डा उठाउने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै निर्वाचित धवल शमसेर राणा नेपालगञ्जका मेयर भएकै बेला उक्त उपमहानगरपालिकालाई गौहत्याको आरोप सार्वजनिक रुपमा लाग्न थालेको छ ।

    तर यता मेयर राणाले दैलेखको आश्रममा गाईगोरु पु¥याउने क्रममा केही गाइगोरु बाटोमै मरेको र मरेका गाइगोरुलाई सडक छेउमा फालिएको स्वीकार गरेका छन् । उनले व्यवस्थापकीय कमजोरीका कारण केही गाई मरेको स्वीकार गर्दै गौहत्या गर्यो भनेर प्रचार भइरहेको बताए ।

    नेपालगञ्जका मेयर राणाले दैलेखका स्थानीय तहसँगको समन्वयमा गाईगोरु त्यता पठाइएको दाबी गरेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले त्यसको खण्डन गरेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बाँकेका छाडा चौपाया दैलेख ल्याउन कुनै किसिमको पत्राचार र समन्वय नभएको दाबी गरे । दैलेखका स्थानीय तहले गाई मगाएको कुरामा कुनै सत्यता नरहेको उनको भनाई छ ।

    यता घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाईगोरु ढुवानीमा प्रयोग भएका ४ वटा ट्रक नियन्त्रणमा लिएको छ भने ट्रक चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका चालकले नेपालगञ्जको काञ्जीहाउसबाट गाईहरु ल्याएको प्रारम्भिक बयान दिएका छन् ।

    घटनाको सत्य तथ्य बाहिर ल्याउन थप अनुसन्धान भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए । उनले मरेका गाईगोरुको पोष्टमार्टम गरिएको तर यो विषय अनुसन्धानको क्रममै रहेकाले रिपोर्टबारे अहिले केही बोल्न नमिल्ने बताए ।

    तराईका जिल्लामा अहिले छाडा चौपायाको समस्या विकराल बनेको छ । दुधालु हुन्जेल गाई पाल्ने र दूध दिन छोडेपछि सडकमा ल्याएर छोड्ने गलत प्रवृत्तिका कारण यो समस्या विकराल बनेको हो । दूध दिन छोडेपछि गाईलाई सकडमा छोड्नेहरु नै गौहत्या भयो भनेर सडकमा बुरुक बुरुक उफ्रनु थालेको भन्दै आलोचना पनि भइरहेको छ ।

    त्यसैले घाँस पराल नपाएर छट्पटाएर मरिरहेका छाडा चौपायालाई जोगाउने र व्यवस्थापन गर्ने जिम्मेबारीबाट स्थानीय सरकारले त पन्छिन मिलेन नै, आम नागरिकले पनि आफ्नो दायीत्व र जिम्मेबारी नभुलिदिए हुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑