वीरगंज । बाराकाे कलैया स्थित भरत चाेकमा गएराती एक युवककाे शव फेला परेकाे छ । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा निवासी मुनिलाल ठाकुरका ३० बर्षिय हृदेश शर्माकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।चितवनकाे नारायणघाटमा बसी काम गर्दै आएका हृदेशकाे विहिबार राती ११ बजेकाे करिबमा शव फेला परेकाे हाे । फेला परकाे शव परिक्षणकाे लागि बाराकाे कलैया अस्पतालमा राखिएकाे बारा प्रहरीले जनाएकाे छ ।
फेला परेकाे शव बारे अनुसन्धान भइरहेकाे बारा प्रहरी प्रमुख कृष्ण पंगनीले वताए । उनले भने “घटना बारे हामी अनुसन्धान गर्दै छाैं, सिसि केमरा फ्रुटेजबाट हेर्दा गाडीकाे लाईट जस्ताे देेखिएकाेले, सवारी दुर्घटना हुन सक्छ । अहिले हामी प्रारम्भिक अनुसन्धामा रहेकाले केही भन्न सकिदैन् ।”यता मृतकका आफन्तले कसैले मारेर फाेलेकाे हुन सक्ने वताएका छन् । उनीहरुले त्यसै कारण शव बुझ्न पनि मानेका छैनन् । युवककाे शेव फेला परेकाे खबरले सबैठवा गाउँ नै शाेकमा डुबेकाे छ ।