• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    सुदूरपश्चिमको व्यापार घाटा भयावह : आयात साढे २३ अर्ब, निर्यात ९३ करोड

  • वीरगंज संजाल
  • १४ भाद्र २०७६, शनिबार ०३:३७
  • ६४३७

    धनगढी : सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका चारवटा नाकाको तथ्यांक हेर्दा व्यापार घाटाको अवस्था डरलाग्दो छ । कैलालीको त्रीनगर भन्सार, कञ्चनपुरको गड्डाचौकी भन्सार, बैतडीको जुलाघाट भन्सार र दार्चुलाको भन्सार नाकाको तथ्यांकअनुसार गत वर्ष आयातको चार प्रतिशत मात्रै निर्यात भएको छ ।

    चारवटै भन्सार कार्यालयबाट २३ अर्ब ४८ करोडको आयात भएकोमा निर्यात ९३ करोड मात्रै छ । सुदूरपश्चिमका बैतडी र दार्चुलाका नाकाबाट त निर्यात शून्य छ । प्रदेशको सबैभन्दा ठूलो नाका कैलालीका त्रीनगरबाट २१ अर्ब ७८ करोडको आयात भएकोमा ८३ करोडको मात्रै निर्यात भएको छ ।

    सुदूरपश्चिमको भारतसँग जोडिएको अर्को मुख्य नाका गड्डाचौकीबाट एक अर्ब १५ करोडको आयात गरिएकोमा १० करोड ६० लाखको मात्रै निर्यात भएको छ । बैतडीको जुलाघाट नाकाबाट ५५ करोडको आयात गरिएकोमा निर्यात भने शून्य छ । दार्चुला भन्सार कार्यालयबाट ७१ लाखको सामान आयात भएकोमा २२ लाखको निर्यात गरिएको छ ।

    कैलाली नाकाबाट आयात भएको सामानमध्ये ४९ प्रतिशत योगदान पेट्रोलियम पदार्थको मात्रै छ भने त्यसपछि बिस्कुट, दालमोठ, नमकिन, कागज ट्याक्टर, टायर र खाद्यान्न बढी आयात भएको छ । भन्सारबाट नेपाल भित्रिने मुख्य १० वस्तुमा खाद्यान्न र गुट्खाका लागि प्रयोग हुने तम्बाकुयुक्त मसाला पनि छ ।

    ‘यो डरलाग्दो व्यापार घाटा हो, यसले हाम्रो प्रदेश कति परनिर्भर छ भन्ने कुरा देखाउँछ’, कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारीले भने । कैलाली भन्सारबाट दैनिक अनुपातमा दुई सय मालवाहक ट्रक नेपालका लागि सामान ल्याएर भित्रिने गरेका छन् । ‘हामीले पनि ती ट्रकमा केही न केही कुरा भरेर पठाउन पाए पो व्यापार घाटा कम हुन्छ । उताबाट आउने मात्रै, जाने कुनै कुरा छैन, प्रदेशका लागि यो चिन्ताको विषय हो’, पूर्वअध्यक्ष भण्डारीले भने ।

    नेपालबाट भारत जाने सामान भनेको कत्था, टर्पेन्टायल तेल, पिना र रोजिनमात्रै हो । कैलाली भन्सारबाट मात्रै गत वर्ष सवा एक अर्बको मसिना तथा बास्नादार चामल मात्रै आयात भएको छ ।

    ‘कुनै दिन थिए, बर्दियादेखि वारी सत्तीघाट, भजनी, टीकापुर, हसुलीया र फुलबारीमा सरकारी धान खरिदका लागि काँटा लाग्थे, त्यहाँका गोदाममा किसानको धानगहँु किनेर पछि भारत पठाइन्थ्यो’, कृषि विकास बैंक धनगढी शाखाका प्रबन्धक जगदीश पन्तले भने, ‘अहिले, त्यो सबै घट्यो ।’

    कृषिजन्य पदार्थको उत्पादन मात्रै बढाउन सके व्यापार घाटा कम हुन सक्ने विज्ञहरूले बताएका छन् । नेपालमा चुरेदेखि माथि हिमालको नजिकसम्म पहाडमा मकै, भटमास, कोदो, फाँपर, तरकारी, सबै फल्छ तर परम्परागत रूपमा फल्ने ती बालीको अहिलेको उत्पादन बर्सेनि घटिरहेको छ ।

    ‘त्यतिबेला कृषिमा अनुदान के हो ? भनेर किसानलाई थाहै थिएन र पनि मकै भारतबाट आएन, तराईको भटमाससँग तराईको चामल साटने चलन थियो, तराईको धान गहँुले पहाडलाई पुग्थ्यो, तर अहिले अनुदान पनि कैयौं गुणा बढेको छ, तर उत्पादन घटदो छ’, युवा व्यवसायी विवेक भट्टले भने ।

    भट्टको प्यालेट दाना उद्योग छ । उनको दाना उद्योगमा विहारबाट मकै आयात भइरहेको छ । ‘कैलालीमा खाद्यान्न उद्योगपछि फस्टाएका प्यालेट दाना उद्योग हुन्, तर मकै भारतबाट निर्यात गर्नुपरेको छ । दाना उद्योगलाई आवश्यक मकैको ९० प्रतिशत भारतबाट आयात भइरहेको छ’, उद्योगी भट्टले भने । ‘कृषि उत्पादन बढाएमा, बजार पनि यतै छ, अनी व्यापार घाटा पनि कम गर्न सकिन्छ ।’

    कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरीप्रसाद अर्याल पनि सुदूरपश्चिममा निर्यातजन्य बस्तु नभएकाले पनि व्यापार घाटा बढिरहेको बताउँछन् । ‘मेची क्षेत्रमा चियाको निर्यात हुन्छ, तर पश्चिममा पनि चियाखेतीको प्रचुर सम्भावना छ । मध्य नेपालमा अलैंची र कफी खेती हुन्छ । तर, त्यस्तै हावापानी भएको भूगोल सुदूरपश्चिममा पनि छ, उत्पादन शून्य छ । अनि व्यापार घाटा हुने नै भयो नि’, भन्सार प्रमुख अर्यालले भने ।

    तराईको जिल्ला कञ्चनपुरको गड्डाचौकी भन्सारको निर्यात अवस्था दयनीय छ । एक अर्ब १५ करोडको आयातमा १० करोडको मात्रै निर्यात हुनु दुःखद् रहेको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी केशवराज विष्टले बताए ।

    गड्डाचौकीबाट पिना (तोरी पेलेपछिको) अदुवा, घ्यू जडीबुटीमा तेजपात र रिठा तथा थोरै मात्रामा चित्रकला मूर्ति निर्यात हुने गरेको छ । केही समय अघिसम्म हस्तकला र नेपाली मौलिक मूर्तिका साथै लत्ताकपडा पनि भारत निर्यात हुने गरेको भए पनि अहिले घटेको भन्सार कार्यालयले जनाएको छ । गड्डाचौकी नाकाबाट गत वर्ष स्याउमात्रै आठ करोड मूल्यको आयात भएको छ । कृषिजन्य पदार्थमा माछाका भुरा ६ करोड, आँप तीन करोड र केरा मात्रै तीन करोडको आयात भएको छ ।

    निकासी शुल्क धेरै कम भए पनि यहाँबाट निर्यात घट्दै गएको प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए । उनले, शारदा ब्यारेजमा १० टनभन्दा बढी सामान लग्न निषेध हुनु र बनवासा पुल कम समय खुला हुनुले पनि निर्यात घटेको दाबी गरे । बनवासा पुल दैनिक ४ पटक गरी २ घण्टाका लागि मात्रै खुल्ने गरेको छ ।

    बैतडी जिल्लाको जुलाघाट नाकामा झोलुंगे पुल मात्रै छ । तर आजभन्दा चार÷पाँच दशकअघिको तुलनामा त्यो नाकाबाट कुनै पनि बस्तु निर्यात भएको छैन । ‘एकताका जुलाघाटामा घिउका टीन (डब्बा) राख्ने ठाउँ हुन्थेन । मोटरगाडी नचलेका बेला पनि मानिस भरिया लगाएर घ्यू जुलाघाट पुगाउँथे, तर अहिले एक किलो देख्न पाइन्नँ’ उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले भने ।

    एक दशक अघिसम्म पनि जुलाघाट नाकाबाट घ्यू र रिठाको निर्यात हुने गरेको उनले बताए । ‘साबुन फ्याक्ट्रीका लागि रिठा उत्तिकै निर्यात हुन्थ्यो, तर रिठाका रुख नै हराए । अहिले, नयाँ बिरुवा कसैले रोपेनन्, अनि व्यापार घाटा कसरी कम हुन्छ ? ’, उपाध्यक्ष भट्टले भने । २०७५÷७६ मा झुलाघाट नाकाबाट निर्यात शून्य रहेको भन्सार अधिकृत रामराजप्रसाद चौरसियाले बताए । उनले भने ‘पछिल्ला वर्ष यो नाकाबाट निर्यात शून्य छ ।’ जुलाघाट नाकाबाट कपडा, चप्पललगायत दैनिक उपभोग्य बस्तु बढी आयात हुने गरेको छ ।

    भारतसँग मात्रै होइन चीनसँग पनि सीमाना जोडिएको र जडीबुटीसहितका बहुमूल्य बस्तुको निर्यात गरी व्यापार घाटा कम गर्न सक्ने जिल्ला हो दार्चुला । तर, त्यहाँ पनि चीनसँगको व्यापार नभएको पाँच वर्ष भयो । भारतसँग ७१ लाखको आयातमा २२ लाख निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

    दार्चुलाको उच्च हिमाली क्षेत्रमा स्याउको प्रचुर सम्भावना छ । त्यहाँका बासिन्दाले बनाएका स्याउका बगैंचाको स्याउ बर्सेनि कुँहिएर जाने गरेको छ । ‘तिंकरसम्म सडक नबनेकाले त्यो स्याउ न स्वदेशको बजारमा पुगाउन सकिएको छ, न निर्यात’, दार्चुलाबाट प्रदेशसभा सदस्य गेल्बु बोहराले भने ।

    पाँच वर्षदेखि चीनसँगको व्यापार शून्य

    नेपाली व्यापारीले ५ वर्षदेखि चिनियाँ सामान दार्चुला ल्याउन सकेको छैन । सडक नभएका कारण ताक्लाकोट दार्चुलाको व्यापार शून्यमा झरेको हो । विगत २५ वर्षदेखि ताक्लाकोटको गुत्गाउँमा व्यापार गर्दै आएका दार्चुलाका ठिम्पु महर भन्छन्, ‘पञ्चायतकालमा तत्कालीन पञ्चायत सदस्य बहादुरसिंह ऐतवालको पहलमा निर्माण भएको दार्चुला तिंकर घोरेटो बाटोको मर्मत र पुनर्निर्माण नहुँदा ताक्लाकोट दार्चुला व्यापार बन्द भएको हो ।’

    ताक्लाकोटमा व्यापार गर्ने नेपाली व्यापारी कल्यान धामीले सदरमुकमसम्मै सडक मार्गको पहुँच भएपछि व्यापारीले काठमाडौं, धनगढी बजारबाट चिनियाँ सामान मगाउने गरेको बताए ।

    (धनगढीबाट शिवराज भट्ट, बैतडीबाट भगिरथ अवस्थी, कञ्चनपुरबाट महादेव अवस्थी र दार्चुलाबाट सुन्दरसिंह धामी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राष्ट्र बैंकको कारबाहीमा परे तीन विकास बैंक र चार फाइनान्स, कुन कुन परे ?
  • कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न,माछापुच्छ्रे बैंक च्याम्पियन
  • एलआइसीको सिइओमा प्रणय कुमार नियुक्त
  • अमेरिकी बैंकिङ क्षेत्रमा अर्को ठूलो धक्काः सिलिकन र सिग्नेचरपछि फर्स्ट रिपब्लिक बैंक पनि टाँट पल्टियो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑