राज्यमन्त्रीका सल्लाहकारको चर्तिकला, भियग्रा खाएर तीन दिनसम्म किशोरीलाई बलात्कार !
वीरगंज संजाल
१४ फाल्गुन २०७६, बुधबार १६:३३
६०२७
काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कारको आरोपमा पक्राउ परेका छन् ।सिन्धुली घर भई काठमाडौँ बस्दै आएकी १२ कक्षमा अध्ययनरत एक १७ वर्षे किशोरीलाई बलात्कार गरेको पाइएपछि ५२ वर्षे घलेलाई प्रहरीले पक्राउ गरेको हो ।बनेपामा काठमाडौं नयाँबजार जान बस पर्खेर बसेकी किशोरीलाई घलेले पु¥याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा राखेर ल्याएका थिए ।
बाटोमा घलेले आफू राज्यमन्त्री मानन्धरको सल्लाहकार भएको, अमेरिकाको ग्रिन कार्ड भएको र पत्नीसँगै परिवारका अन्य सदस्यसमेत अमेरिकामै रहेको बताएर आफूतर्फ आकर्षित गरेका थिए । घलेको काठमाडौँमा तीन वटा घर रहेको बताइएको छ ।ती किशोरीलाई समेत अमेरिका पठाइदिने आश्वासन दिएर गत माघ २७ गते आफ्नो फ्ल्याट टोखामा तीन दिनसम्म बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
किशोरीले गोप्य रुपमा यस घटनाबारे परिवारलाई बताएपछि सोही सूचनाका आधारमा घलेलाई पक्राउ गरिएको र युवतीको उद्दार गरिएको बोगटीले बताए । बलात्कृत किशोरीको उमेर १७ बर्ष मात्रै छ । २० बर्षभन्दा कम उमेरकी किशोरीलाई मञ्जुरीमा शारिरिक सम्बन्ध राखेपनि बलात्कार मुद्धामा कारवाही हुने कानुनी ब्यवस्था छ ।घलेविरुद्ध अपहरण तथा शरीर बन्धक र बलात्कार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको फ्ल्याटबाट ठुलो परिमाणमा यौन शक्तिबर्धक औषधी भियग्रा र कण्डम बरामद गरेको छ । उनले बलात्कार गर्ने बेलामा भियग्रासमेत खाएको खुल्न आएको प्रहरीले जनाएको छ ।