काठमाडौं | आगामी तीनदिनसम्म देशका विभिन्न भागमा मौसम सफा नहुने सम्भावना छ । पूर्वी तथा पश्चिमी भू-भाग नजिक बनेको न्युन चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले तीनदिन देशभरि मौसम सफा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बाँकी स्थानमा भने आंशिकदेखि सामान्य बदली हुने छ।
आज राती पनि केही स्थानमा मेध गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हिमपातको सम्भावना पनि रहेको छ ।बुधबार पहाडी भेगका केही स्थानमा मेघ गर्जन् र चट्याङसहित वर्षाको सम्भावना छ । यस्तै बिहिबार पनि पूर्वी पहाडमा मेघ गर्जन् र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।