बारा | मानिकचन साह | कलैया उपमहानगरपालिका वडा नं. २३ को वडा अध्यक्षले दादागिरी गरी विकासको काममा पटक पटक अवरोध गरी जनतालाइ दुख दिने काम गरेका छन् ।भुपेन्द्र कन्स्ट्रक्सनको प्रो.भुपेन्द्र जी सँग सोध्दा वहाको एउटा मात्र गुनासो छ कि वडा अध्यक्षले विकासको काम रोकेको हो हामी दिनरात काम गर्न तयार छौ ।
वडा अध्यक्ष बिक्रम साह सँग सोध्दा विकासको काम किन रोक्नु भएको हो । निज वडा अध्यक्षको भनाइ दादागिरी तरिकाले भन्नु भयो कि मैले जानी जानी रोकेको हो । जे गर्नु छ गर्नु | म आफ्नो मनोपली तरिकाले विकास गर्छु ।अब यो विकासको काम अवरोध भएकोमा जनताहरुले नगरप्रमुख राजेश राय यादव सँग कुनै सम्पर्क नराखी अकाशे पानीको भर जस्तै नगरप्रमुख आपै आइ निरीक्षण गर्नु हुन्छ भनी आशा राख्दै दैनिक कार्यहरुमा दुख खेप्न बाध्य रहेका छन् ।