भ्रष्टाचारको विरोधमा आवाज उठाएपछि पार्टी सचिवालयले स्पष्टीकरण माग
वीरगंज संजाल
१२ फाल्गुन २०७६, सोमबार १५:२०
३९२३
काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रभु साहले भ्रष्टाचारको विरोधमा आवाज उठाएपछि पार्टी सचिवालयले स्पष्टीकरण मागेको छ ।
फागुन १० गते बसेको नेकपा सचिवालय बैठकले पार्टी एकता पछि हालसम्मकै पहिलो स्पष्टीकरणको पत्र प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका प्रभु साहलाई काटिएको हो । गत माघ २६ गते नेता साहले सामाजिक सञ्जाल फेसबुकमार्फत ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद भएको भन्दै टिप्पणी गरेका थिए ।
उनले प्रधानमन्त्रीय शासन प्रणालीमा प्रधानमन्त्री सर्वेसर्वा हुने तर भ्रष्टाचार गरे कानुन नलाग्ने व्यवस्था गलत भएको भन्दै आलोचना गरेपछि उक्त विषय नेकपा सचिवालय बैठकमा प्रवेश भएको थियो । Nepalpostdaily