आज:
  • होमपेज / देश

    कोरोनाका कारण हालसम्म २ लाख उडान रद्द !

  • वीरगंज संजाल
  • १२ फाल्गुन २०७६, सोमबार ११:५३
  • ५४९९

    एजेन्सी । चीनको हुबेइ प्रान्तबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि मात्र २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ इन्धनको मूल्यमा समेत ठूलो गिरावट आएको बताइएको छ ।

    कोरोनाकै कारण चीनभरका सबै क्षेत्रमा उडानको मागमा अत्याधिक कमी आइरहेको छ । अहिले भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ७५ हजार नागिसकेको छ भने यसमा खबर गरिएका ९८ प्रतिशत बिरामी चीनका रहेका छन् । तर केही दिन यता दक्षिण कोरिया र इरानमा पनि संक्रमितको सङ्ख्या एक्कासी बढेपछि यसबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

    त्यसैले पनि चीनसम्मको उडान भर्ने ठुल्ठुला अमेरिकी विमान – डेल्टा, युनाइटेड अमेरिकन एयरलाइन्स समेतले हङकङ र चीनका सबै उडान रद्द गराएका छन् । फेब्रुअरीमा मात्र चीनको यात्रा गर्न निर्धारित भएका फ्लाइटहरुको सङ्ख्या ८० प्रतिशतले घटेको ‘एभिएसन कन्सल्टिङ कम्पनी’ सिरियमले जनाएको छ । यसरी जनवरी २३ देखि फेब्रुअरी १८ का बीच चीन भित्र नै करिब एक लाख बढी डोमेस्टिक उडान अवरुद्ध भएका थिए । यसकारण पनि हवाइ इन्धनको मूल्य यो वर्षमा मात्र १७ प्रतिशतले कम भइसकेको बताइएको छ । यस्तोमा उडानको कम मागले एयरलाइनहरुको आम्दानी र नाफामा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ ।

    यसमा सबैभन्दा महत्वपूर्ण मानिने एसिया–प्यासिफिक हवाइ यात्रा बजार सबैभन्दा नराम्ररी प्रभावित हुने निश्चित छ । गत वर्ष यही क्षेत्रमा विश्वव्यापी, ३५ प्रतिशत हवाइ उडानको माग आएको थियो । यसअघि चीनले विश्वकै ठूलो हवाइ बजारका रुपमा दशकको मध्यतर्फ अमेरिकालाई हराइसक्ने अनुमान गरिएको थियो ।

    तर विश्वव्यापी  हवाइ उडानको माग २००९ पछिकै कम पुग्न लागेको हो । यसले विशेषगरी एसिया प्यासेफिक क्षेत्रका एयरलाइन्सलाई २९ अर्ब डलरसम्मको घाटा गराउने अन्तराष्ट्रिय हवाइ यातायत संघले खबर गरेको छ । यसबीच विश्वभरका एयरलाइन्सहरुले आफ्ना आर्थिक क्षतिको गन्ती गर्न सुरु गरिसकेका छन् । अष्ट्रेलियाको क्वान्टासले पनि बिहिबार कोरोना भाइरसले आफूहरुलाई १ करोड डलर सम्मले आम्दानीमा कमी गराउने बताएको थियो । त्यसैले आफूहरुले आगामी मे महिनासम्म एसियाका १६ प्रतिशत उडानमा कटौति गर्ने निर्णय लिएको बताएको हो । यसअघि नै क्वान्टासले चीनको उडान बन्द गराइसकेको छ । Baahrakhari

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑