प्रदेश नं.२ को राजधानी जस्तो ठाउँमा पुलिसको दादागिरी नेता – अरुण सिंह
वीरगंज संजाल
Aug 30, 2019, 5:49 pm
४१९५
बारा । जानकी मन्दिरको वरिपरि विभिन्न व्यासय गरि बसेका नागरिकहरुलाई जनकी मन्दिरका प्रहरीले दिनहु दुख दिने कार्य भइरहेको सुन्दा चित दुखेको कुरा राजपा नेपाल बारा जिल्लाका प्रबक्ता अरुण सिंहले बताउनु भएका छ ।
यस्तो कार्य नेपालको प्रहरीबाट हुन्छ भन्ने सोचेको थिएन, तर केही अन्लाईन खबरहरुमा नारियल बेचेर जिविका चलाइरहेका एक युवकलाई प्रहरीले गाला फुटने गरि झापड हानेको कुरा बाहिर आएको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको कुरा नेता सिंहले पब्लि समाचारलाई बताउनु भएका छ ।
यसरी कमाएर आफ्नो दैनिकी चलाउने युवक प्रती नेपाल प्रहरीले गरेको ज्यादतीमा सङ्लग्न प्रहरी कर्मचारीलाई बिभागिय कार्यवाही गरि पीडितको क्षती पुर्ती सजिलै तवरले अबिलम्ब उपलब्ध गराई न्यायको अनुभुती दिलाउनु पर्ने नेता सिंहले विशेष जोड दिनु भयो ।