मधेसी जनाधिकार फोरम मधेस पर्साले आज कालो दिवस मनायो
वीरगंज संजाल
१३ भाद्र २०७६, शुक्रबार १७:४१
६२९३
बिरगंज । मधेसी जनाधिकार फोरम मधेस पर्साले आज भदौ १३ गतेको दिन मधेसको लागी कालोदिन रहेकोले आज कालो दिवश मनाएको छ ।
२०६२/६३ मधेस आन्दोलनको बेला दुई चार जनाहामीहरु मिलेर मधेसको मागहरुको लडाई गरेको र बिस्तारै बिस्तारै पुरै जनताले बुझे र हामीहरुलाई साथ दिएका थिए किनकि हामी सत्यको पक्षमा आन्दोलन गरिरहेका थियौ तर आज ति मधेसका नेताहरुले सत्ता र कुर्सीकालागी मधेसीहरुको बलिदान र सपनाहरुलाई लत्याएर आरोप समेत लगाएका थिए ।
मनोज साहको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष भाग्यनाथ प्रसाद गुप्ता , उपाध्यक्ष जय किशन यादव , युवा नेता बृजेश यादव , नाथु सह , पत्रकार सन्तोष साह लगायतकाको सभागिता रहेको थियो ।कार्यक्रम सन्चालन श्याम प्रसाद गुप्ता ले गर्नु भएको थियो ।