काठमाडौँ । रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।
रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्यास कच्चा पदार्थ हो । यो मिथेन ग्यास हो । निगमका अनुसार समितिले पाइपलाइनसँगै नेपालमा रासायनिक मलको माग, बजार र व्यापारका बारेमा पनि अध्ययन गर्नेछ ।
भट्टराई भन्नुहुन्छ, नेचुरल ग्यास मल बनाउने कच्चा पदार्थ हो, फाइनल प्रोडक्ट बन्न ग्यास आवश्यक हुन्छ, हुन त यो ग्यासले गाडी चल्नेदेखि घरायसी प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ तर हामीले रासायनियक मलको उद्योग स्थापना गर्न ल्याउने तयारी गरेका हौँ । News24