• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    महागढीमाई नगरपालिकाका मेयरको निर्देशनमा अपहरण गर्न खोज्ने ८ जनाविरुद्ध उजुरी

  • वीरगंज संजाल
  • १० फाल्गुन २०७६, शनिबार ११:४७
  • ४२३९

    बारा  | भिडियो खिचेको निहुँमा मेयरको निर्देशनमा कुटपिट र अपहरण प्रयास गरेकाे भन्दै बारा जिल्ला प्रहरी कार्यालयमा ८ जनाविरुद्ध उजुरी परेको छ।

    महागढीमाई नगरपालिका २ बरियारपुर महेन्द्र भनेर चिनिने हरेन्द्र महतोले आफ्ना छोरा मुकेशलाई बिहीबार साँझ स्थानीय बरियारपुर बजारमा पसलमा बसिरहेका बेला एक समूहले कुटपिट गर्दै अपहरण गर्ने प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन्।

    महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवको निर्देशनमा मुकेशलाई कुटपिट गरी अपहरण गर्न खोज्ने नगरप्रहरी र मेयरका केही आफन्तविरुद्ध जाहेरी दिइएको पीडितले जानकारी दिएका छन्।

    जिल्ला प्रहरी कार्यालयमा ८ जनाविरुद्ध जाहेरी परेको जानकारी दिँदै बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले अध्ययन/अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने नेपालखबरसँग बताए।

    आफूलाई शौचालयमा थुनेर दुर्व्यवहार गरेको भन्दै हरेन्द्रले बिहीबार मात्रै महागढीमाई नगरपालिकाका मेयर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामै भेदभाव तथा अपमानजन्य व्यववहारसम्बन्धी जाहेरी दिएका छन्।

    गत सोमबार स्थानीय निर्माणाधीन अधुरो नाला निरीक्षण क्रममा मुकेशले मेयर यादवको प्रतिक्रियासहितको भिडियो खिच्न खोजेपछि उनले हप्काएका थिए।

    त्यही भिडियो एक स्थानीयले सामाजिक सञ्जालमा पोस्ट गरेपछि मेयर यादवले नगरप्रहरी परिचालन गरी मुकेशलाई खोजेर ल्याउन निर्देशन दिए। तर मुकेश नभेटिएपछि खेतमा पानी पटाइरहेका उनका बुबा हरेन्द्रलाई पक्राउ गरी नगरपालिका कार्यालय ल्याइएको थियो।

    त्यसपछि मेयर यादवले उनलाई आफ्नो जुत्ता फुकालेर टाउकामा राख्न भनेका थिए। तर हरेन्द्रले अस्वीकार गरेपछि झापड लगाउँदै मेयर यादवले उनलाई शौचालयमा आधा घण्टा थुनेका थिए। साेही अन्यायविरुद्ध हेरन्द्रले बिहीबार मेयरविरुद्ध जिल्ला प्रहरीमा उजुरी हालेका हुन्।

    साेही साँझ नगरपालिकाका मेयर यादवकाे निर्देशनमा नगरप्रहरी तथा केही आफन्तसहितको समूहले छोरा मुकेशलाई कुटपिट र अपहरण प्रयास गरेकाे पीडित परिवारकाे आराेप छ। तर स्थानीय सशस्त्र प्रहरीको प्रयासमा मुकेश अपहरण हुनबाट जोगिएकाे पीडित परिवारकाे भनाइ छ।

    यसैबीच स्थानीय बासिन्दाले मेयर यादवलाई कडा कारबाही माग गर्दै बारा जिल्ला प्रहरी कार्यालयअगाडि शुक्रबार विराेध प्रदर्शन गरेका छन्। प्रदर्नशनकारी समूहले मेयर यादवकाे राजीनामा तथा उनीसहित दाेषीहरुलाई कडा कारबाही माग गर्दै नाराबाजी गरेका थिए। Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑