• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मेयरविरुद्ध स्थानीयको नाराबाजी, राजीनामाको माग

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७६, शुक्रबार १९:३५
  • ७४५१

    बारा | बाराको महागढीमाई नगरपालिकाका स्थानीयले मेयर उपेन्द्र यादवको राजीनामाको माग गरेका छन् । छोराले विकासको सवालमा प्रश्न गर्दा बुबालाई चर्पीमा थुन्ने मेयरलाई कारवाहीको माग गर्दै बाराको कलैयामा बरियारपुरका स्थानीयले प्रदर्शन गरेका हुन् । मेयरबिरुद्ध बिहीबार जाहेरी दिन पुग्दा उल्टै कुटिएका छोरा मुकेश कुशवाहामाथि मेयरका समर्थक तथा नगर प्रहरीले कुटपिट गरेपछि शुक्रबार कलैयामा स्थानीयले मेयरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । बाराको कलैयास्थित कुशवाहा भवन नजिकबाट शुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय बारामा पुगेको थियो । विभिन्न नाराहरु लेखिएका ब्यानर तथा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका स्थानियहरुले महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको राजिनामाको माग गर्दै कारवाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

    बारा क्षेत्र नं. ३ का सांसद रामबाबु कुमार यादव, क्षेत्र नं. २ को सांसद रामसहाय यादव, प्रदेशसभा सदस्य बच्चा यादव, शारदाशंकर साह, राजपा नेता तथा गढीमाई मन्दिर तथा संचालक समितिका अध्यक्ष रामचन्द्र कुशवाहा, उपाध्यक्ष बिसनाथ कुशवाहा, कोषाध्यक्ष महेश जयसवाल लगायतले स्थानीयहरुको सो प्रदशर्नमा ऐक्यबद्धता जनाउदैं अभद्र व्यवहार गर्ने मेयर र कुटपिटमा सहभागीमाथि कारवाही माग गरेका छन् ।

    यसैबीच, नाराबाजासहित जिल्ला प्रशासन कार्यालय बारा पुगेका जनप्रतिनिधि तथा स्थानीय अगुवाहरुसँग बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले छलफल गरेका छन् । छलफलमा प्रहरी उपरीक्षक कृष्ण प्रसाद पँगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी लगायतको उपस्थिति थियो । छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले मुकेश कुशवाहामाथि आक्रमण गर्नेको पहिचान गरी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । घटनाको छानबिन गरी कारवाही प्रक्रिया अघि बढाउन प्रजिअ पोखरेलले प्रहरी उपरीक्षक पँगेनीलाई निर्देशन दिएका छन् । यद्यपि, घटनामा निर्देशन दिएका मेयर विरुद्ध कारवाहीको माग गर्दै जिल्ला पुगेका स्थानीयहरु भने निराश भएका छन् । हालसम्म प्रहरी प्रशासनले एक जनालाई पनि पक्राउ गर्न नसक्नु र मेयरलाई कारवाहीको दायरमा ल्याउने विषयमा कुनै चासो नदिदाँ मेयरको संरक्षणमा प्रशासन लागेको हो कि भन्ने शंका उत्पन्न भएको पिडितका परिवारजनले बताएका छन् ।

    यता, आक्रमण संलग्न ६ जना आरोपीविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा फाँटका प्रहरी निरीक्षक विरेन्द्र ठाकुरले बताउनुभयो । शुक्रबार सार्वजनिक बिदा परेकाले आरोपी विरुद्ध मुद्दा दर्ता नभएको हुदाँ आइतबार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाउने प्रहरी निरीक्षक ठाकुरले जानकारी दिनुभयो |महागढीमाई नगरपालिकाको वडा नं. २ मैनी टोलमा भइरहेको विकास निर्माणमा स्थानीयले असन्तुष्टि जनाएपछि छलफल गर्न पुगेका मेयर यादवको भिडियो खिचेर फेसबुकमा अपलोड भएपश्चात आक्रोसित मेयरले मुकेश कशवाहाका बुबालाई चर्पीमा थुनेर कुटपिट गरेपछि घटना सामुन्ने आएको हो । घटनाले उग्ररुप लिएपछि पिडित तथा स्थानीय, राजनैतिक दलका प्रतिनिधि र सामाजिक अगुवाहरुले जनप्रतिनिधि भएर संयमता नअपनाउँदा दुःखद घटना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । घाइते मुकेशको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । कुशवाहाको टाउको, छाती र पेटमा गम्भीर चोट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑