• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जनता आवास कार्यक्रमको भवन अलपत्र

  • वीरगंज संजाल
  • ८ फाल्गुन २०७६, बिहीबार १८:०९
  • ४८०१

    गौशाला । प्रदेश नं २ सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्रालयद्वारा निर्माणाधीन अवस्थामा रहेको जनता अवास कार्यक्रमअन्तर्गतका पक्की भवन अधुरा अवस्थामा रहेपछि महोत्तरीको औरही नगरपालिकाका मुसहर विचल्लीमा परेका छन् ।

    गत साउन महिनादेखि महोत्तरीको औरही नगरपालिका–२ का मुसहरलाई दुईकोठे पक्की भवन निर्माण गर्ने उद्देश्यका साथ शुरु भएको भवन निर्माणको कार्य महिनौँदेखि अलपत्र परेका कारण उनीहरु हाल घरको न घाटको अवस्थामा छन् ।

    आफूसँग भएको फुसको घरमै जीवन सजाउने सपनालाई जनता आवास कार्यक्रमले चकनाचुर पारेको स्थानीयवासी ५२ वर्षीया जिवोदेवी सदाले बताए । बालबच्चादेखि सपरिवार नै घर निर्माणका क्रममा लागे पनि निर्माण कार्य महिनौँ दिनदेखि अलपत्र पर्दा आफूहरु घरको न घाटको भएको जिवोदेवीको भनाइ छ । सदाले भने, “वर्षायाममा जसोतसो प्लास्टिक ओढेर दिन कटायौँ ।

    कठ्याग्रिँदो चिसोको मौसममा गुन्द्री ओढेर खुला आकाशमुनि रात बितायौँ । हावाहुरीको समयमा त बिचल्ली हुने भो । पानी, चिसोको मौसममा जसरी पनि बाँचियो अब गर्मी मौसममा किराफट्याङ्ग्राले बस्तीमा साह्रै नै खतरा छ । यिनीहरूको सामना गर्न ज्यान जोखिममा पर्न सक्छ ।”

    सर्वसाधारणले भवन निर्माण गर्दा नगरपालिकाले निश्चित मापदण्ड तोकिदिने तर प्रदेश सरकारको मन्त्रालयले निर्माण गर्ने घरको कुनै मापदण्ड नरहेको स्थानीयवासी ६२ वर्षीय प्रगास सदाको भनाइ छ । निर्माणाधीन घरमा एक वटा मात्र रड हालेर निर्माण गर्दै आएकाले भवनको आयु अधिक दिन नरहने प्रगासले गुनासो पोखे ।

    उनले भने, “अहिले सरकारले एकतले पक्की घर बनाएर हामीमाथि ठूलै गुन लगाएको छ तर आधार मजबुत नहुँदा पछि तला थप्नुपर्दा धेरै नै समस्या आउनेछ । आफूहरुले ऋण लिएर अहिले घरमा रड थपी घरलाई मजबुत बनाउने प्रयासमा जुटे पनि जनता आवास कार्यक्रममा संलग्न हाकिमसाब मानेनन ।”

    सोही बस्तीका २९ वर्षीया दुखनी सदाले भने, “शौचालय नहुँदा बच्चाले जहाँतहीँ दिसापिसाब गरेपछि बस्ती नै दुर्गन्धित छ । शौचालय नहुँदा आफूहरुलाई पनि दिसापिसावका लागि अरुको खेतमा जानुपर्दा गाली बेइज्जती खानुपर्ने बाध्यता छ ।”

    प्रदेश सरकारले ल्याएको जनता आवास कार्यक्रमको योजना प्रदेशको विकासका लागि सुनमा सुगन्ध थपिए पनि प्रक्रिया एवं गृहकार्यमा भने कञ्जुस्याइँ रहेको राजपाका केन्द्रीय सदस्य दरेश यादवले बताए । “अहिले घर भत्काइएकाले उनीहरुलाई दैनिकी कामकाज गर्न समस्या भएको छ । प्रदेश सरकारले योजनामा भएको कमीकमजोरीलाई मनन गर्दै जनता आवास कार्यक्रमलाई समयमा नै सम्पन्न गर्नुपर्नेछ”, उनले भए ।

    नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले जनता आवास कार्यक्रमअन्तर्गत मुसहरका लागि निर्माण शुरु भएको पक्की घर निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको बताए । अनेकाैँपटक यस सम्बन्धमा ध्यानाकर्षण गराउन जाँदा कुनै किसिमको सुनवाइ हुन नसकेको प्रमुख यादवले बताए । पक्की घरको आधार मजबुत नभएकाले कम रेक्टरको भूकम्पको झट्का आउँदा सो बस्तीमा ठूलै क्षति हुनसक्ने भएकाले अहिले नै सम्बन्धित निकायलाई यस सम्बन्धमा सोच्नका लागि प्रमुख यादवले आग्रह गरे ।

    बस्तीका २०० मुसहर समुदायका लागि प्रदेश नं २ का सरकारले जनता आवास कार्यक्रममार्फत जस्ताले छाएको एकतले पक्की भवन बनाउन लागेको छ । गत साउन महिनादेखि निर्माण कार्य शुरु गरे पनि हालसम्म बस्तीमा २५ प्रतिशतसम्म मात्र भवन निर्माण सम्पन्न भएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑