वीरगन्ज । पर्साको बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार रौनियारलाई दुव्र्यवहार तथा कुटपिट गर्ने वडाध्यक्षमाथी कारवाहीको माग गर्दै विरोधमा बिन्दवासिनी गाउँपालिकाका कर्मचारीहरुले बिहिबार गाउँपालिकाको कामकाज समेत ठप्प पारेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बिहिबार कर्मचारीहरुको एक समुह पुगी दुव्र्यवहार गर्ने वडा नं। ५ का वडाध्यक्ष सुकदेव राउत अहिरमाथी कारवाहीको माग गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई भेट्दै कर्मचारीहरुले वडाध्यक्ष अहिरमाथी सार्वजनिक अपराध मुद्दा दर्ता गर्न माग गरे ।
प्रमुख प्रशासकिय अधिकृत रौनियार सहित केही कर्मचारीहरुले लखित रुपमै कारवाहीको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतलाई निवेद समेत दिए ।
निजमती कर्मचारी अधिकारीक ट्रेड युनियन पर्साका अध्यक्ष सुभादार यादव, निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु लगायतका दर्जनौंको संख्यामा रहेका कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।