वीरगन्ज । जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको क्राईम बान्च्रका प्रहरी टोलीले चोरीको बोलेरो जीप नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
काईम बान्च्रका प्रहरी निरीक्षक रबि भुषण यादवको कमाण्डमा खटिएको प्रहरीटोलीले बिशेष सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नं १४ प्रतिमा चौक नजिकै चोरीको जीप बेवारिसे अवस्थामा फेला परेको हो ।
भारतीय बीआर २२ पी १६२६ नम्बरको बोलेरो जीपको कुनै कागजपत्र नभएको अवस्थामा थप कारवाहीको लागी बीरगंज भन्सार पठाएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।