जनकपुर | प्रदेश २ मा सरकार परिवर्तनको बहस जोडतोडका साथ उठ्न थालेको छ ।
प्रदेशमा सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले संघीय सरकारबाट बिदा लिनु तथा राजपासँग सत्तारुढ नेकपाको चुनावी तालमेल हुनुले यसको बहस सतहमा आएको हो ।
प्रदेश २ को सरकारमा सामेल भएको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले सरकार परिवर्तनको कुरा नउठाए पनि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टीले भने यसको तयारी गरिरहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको बेला राजपासँग गरिएको सम्झौताको आधारमा उसँग मिलेर सरकार बनाउने वा त्यसो नभए अविश्वासको प्रस्तावबाट सरकार ढाल्ने नेकपाको दाबी छ ।
यस विषयमा मुख्यमन्त्री लालबाबु राउत भने संघीयता नरुचाउनेले यो सरकार परिवर्तनको हल्ला चलाए पनि यो सरकार पाँच वर्षसम्म चल्ने दाबी गर्छन । Barakhabar