• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाल–चीनबीच अघोषित नाकाबन्दी, व्यवसायी भन्छन्– फस्दैछौं

  • वीरगंज संजाल
  • Feb 13, 2020, 10:45 pm
  • ४९४९

     काठमाडौं । नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक चीनमा फैलिएको कोरोना भाइरसबाट बच्ने पूर्वतयारी थाल्दा त्यसको सीधा असर नेपालको अर्थतन्त्रमा देखिन थालेको छ ।नेपाल–चीन जोड्ने उत्तरी नाकाहरु बन्द गरिँदा दुई देशबीचको व्यापार चौपट भएको छ । नाका आसपास व्यवसाय गरेर बसेका स्थानीयसमेत विस्थापित हुन थालेका छन् ।

    चीनको वुहानमा देखा परेर संसारभर फैलिरहेको कोरोना भाइरसको संक्रमणपछि दुई देशबीचको व्यापार पछिल्लो एक महिनादेखि अघोषितरुपमा ठप्प छ । दुबै मुलुकले सहमतिमै नाका बन्द गरेका छन् । जसको प्रत्यक्ष असर दुई देशबीचको व्यापार र सरकारको राजस्वमा देखिन थालेको छ ।

    यी हुन् नेपाल–चीन जोड्ने व्यापारिक नाका

    नेपाल र चीन ९ वटा उत्तरी नाकाहरुले जोडिएका छन् । त्यसका साथै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, समुन्द्री नाका भएर भारततर्फबाट वीरगञ्ज सुख्खा बन्दरगाह भएर पनि नेपाल–चीनबीच व्यापार हुने गरेको छ ।रसुवाको केरुङ–रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका स्थलमार्ग भएर सबैभन्दा धेरै ब्यापार हुने नाका हुन् । यसबाहेक मुस्ताङको कोरला, हुम्लाको यारी, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथान्का, गोरखाको लार्के र मुगुको मुगु भन्सारबाट पनि नेपालले चीनसँग सानोतिनो मात्रामा व्यापार गर्छ ।

    तातोपानी र रसुवागढी बाहेक अरु नाकाको व्यापार खासै ठूलो मात्रामा नहुने भन्सार विभागले जनाएको छ ।कोरोनाको त्रास फैलिएपछि नेपाल र चीनवीचको व्यापारको अवस्था के छ त ? हेरौं, केही नाकाहरुको अवस्था–

    तातोपानी २० दिनदेखि ठप्प

    सिन्धुपाल्चोकको तातोपानी नाका भएर पछिल्लो २० दिनमा कुनै पनि सवारी साधन र मानिसको आहोर–दोहोर नभएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले अनलाइनखबरलाई बताए ।भूकम्पपछि लामो समय बन्द रहेर यसै आर्थिक वर्षबाट सञ्चालनमा आएको तातोपानी नाकाले व्यवसायिकता ग्रहण नगर्दै कोरोनाको मारमा परेको भन्सार प्रमुख खत्रीले बताए ।

    साउनदेखि माघसम्म तातोपानी भन्सार कार्यालयले जम्मा १ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन गरेको उनले बताए । पुस महिनामा २० करोड राजस्व भएको थियो । तर, कोरोनापछि बुधबारसम्मको विवरण अनुसार पछिल्लो एक महिनामा जम्माजम्मी १३ करोड रुपैयाँ मात्र राजस्व उठेको खत्री बताउँछन् । यो राजस्व यार्डमा नाका बन्द हुनुअगावै भित्रिएको भन्सार पासको मात्र हो ।

    तातोपानी नाका मालवाहक सवारी साधन तथा मानिसको आवात–जावत नभएपछि अहिले सुनसान बनेको छ ।१५ दिनदेखि बन्द छ रसुवागढी नाका  चीनमा कोरोनाको संक्रमण फैलन थालेपछि रसुवागढी नाका बन्द भएको विहीबार १६ दिन भयो ।गत वर्ष यो नाकाबाट माघ महिनामा १ अर्ब २२ करोड राजश्व संकलन भएको थियो । तर, बुधबारसम्म रसुवागढी भन्सारले माघ महिनामा ६४ करोड मात्रै राजस्व संकलन गरेको छ ।

    रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार भन्सार यार्डमा अहिले कुनै पनि सामान छैनन्, सबै खाली छ ।रसुवागढी नाकाको नेपालतर्फको सडकमा खाली कन्टेनरहरु मात्रै रहेको उनले बताए । ‘भन्सार यार्डमा सामान ओसार–पसार गर्ने ५/६ सय कामदार हुन्थे, ती पनि कोही देखिँदैनन्,’ भन्सार प्रमुख खड्काले भने ।

    होटल व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरेर काठमाडौं हिँडेको उनले बताए ।रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार माघ १९ यता एकजना पनि विदेशी नागरिक उक्त नाका भएर नेपाल प्रवेश गरेका छैनन् । यस अवधिमा नाका क्षेत्रमा रहेका र पुगेका ४७१ जनालाई नाकाबाट फर्काइएको प्रजिअ भण्डारीले बताए ।

    सिल गरियो कोरला नाका

    यो नाकाबाट असार र भदौमा मात्रै सामान्य कारोबार हुने गरेको नाका प्रमुख यादवप्रसाद पहाडी बताउँछन् । पहाडीले अनलाइनखबरसँग भने, ‘अहिले यो नाका पूर्णरुपमा सिल गरिएको छ, कुनै पनि ब्यापारिक कारोबार तथा मानिसको आवात–जावत छैन ।’

    लार्केमा आवत–जावत छैन

    यो नाकाबाट नेपाल–चीनबीच जडीबुटीको ब्यापार हुने गरेको भन्सार नाका प्रमुख मधुसुदन पोख्रेल बताउँछन् । तर, तिहारपछि बन्द रहेको यो नाकाबाट अहिले कुनै कारोबार र मानवीय आवात–जावत नभएको उनले जानकारी दिए ।

    पोखरेल भन्छन्, ‘यहाँ बर्षायाममा पहिरो र हिउँदमा हिउँले बाटो अवरुद्ध हुने रहेछ, अहिले यो नाकामा कुनै आवात–जावत छैन ।’

    ओलाङचुङगोलाका भन्सार प्रमुख फिर्ता

    ताप्लेजुङका तीनवटा हिमाली पास भएर सो जिल्लाका मानिसहरुले तीनसँग ब्यापार गर्ने गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला बताउँछन् ।

    तर, अत्यधिक हिमपातका कारण हिउँदका तीन महिना सबै नाका ठप्प हुने भएकाले अहिले पनि जिल्ला भएर कुनै मानवीय आवात–जावत एवं व्यापार नभएको निरौलाले अनलाइनखबरलाई बताए ।

    अहिले ओलाङचुङगोला नाका पूर्णरुपमा बन्द रहेको र त्यहाँ भन्सार प्रमुख तोकिएका विजयकुमार श्रेष्ठलाई मेची भन्सारमा काजमा खटाइएको भन्सार विभागका अधिकारीले जानकारी दिए ।

    किमाथान्का पनि ठप्प

    यो नाकाबाट चौंरीको पुच्छर चीनबाट नेपाल आयात हुने गरेको नाका प्रमुख तुलसीराम चुही बताउँछन् । नेपालबाट पहिले–पहिले चिराइतो चीनतर्फ जाने गरे पनि अहिले ठप्प रहेको उनले बताए ।

    चालु आर्थिक वर्षको ६ महिनामा यो नाकाबाट ७ लाख १ हजार राजस्व संकलन भएको छ । उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात र कोरोनाको त्रासका कारण चीनबाट मानिस आउन नदिएकाले यो नाकाबाट कारोबार एवं मानवीय गतिविधि ठप्प प्रायः रहेको उनले अनलाइनखबरलाई बताए ।

    यारी पनि बन्द

    हिमपातका कारण उत्तरी नाकाका मानिसहरुको ओहोर–दोहोर एवं ब्यापार मंसिरदेखि नै लगभग ठप्प रहेको यारी नाकाका प्रमुख काजीबहादुर राईले अनलाइनखबरलाई बताए ।बैशाखसम्म नै हुम्लाको नाका ठप्प हुने भएकाले कोरोना संक्रमणको डर खासै नदेखिएको नेपालगञ्जमा रहेका राईले बताए ।चालु आर्थिक वर्षको मंसिरसम्म यो नाकाबाट भन्सार कार्यालयले ४ लाख रुपैयाँ हाराहारी राजश्व संकलन गरेको उनले बताए ।उता मुगु र लामाबगर नाकाबाट पनि कुनै मानवीय आवत–जावत एवं कारोबार नभएको भन्सार विभाग दाबीले गरेको छ ।

    समुन्द्री बाटोमा पनि अवरोध

    चीनबाट समुन्द्री मार्ग हुँदै नेपाल भित्रिने वस्तुमा पनि ठूलो समस्या देखिएको छ । चीनबाट सामान लिएर भारतको बिसाखापटनम आइपुगेका कन्टेनरहरु खुल्नै समस्या भएको सिर्सिया पार्सा सुख्खा बन्दरगाहका भन्सार प्रमुख उमेश श्रेष्ठले अनलाइनखबरलाई बताए ।सामान लिन थप कन्टेनरहरु चिनियाँ बन्दरगाहसम्म जान नसकेको तथा गएर आएकाको पनि भन्सार पास हुन नसकेको गुनासो व्यवसायीले गरिरहेको उनले जानकारी दिए ।चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ५० करोड रुपैयाँ राजस्व उठाएको उक्त भन्सारमा आजको मितिसम्म कोरोनाको असर नपरेको प्रमुख श्रेष्ठले बताए । ‘आजको दिनसम्म परेको छैन तर अब असर देखिनेमा प्रष्टै छ’ श्रेष्ठले भने ।

    समस्यामा फस्दैछौं : व्यवसायी

    चीन र नेपालवीच खर्ब बढीको व्यापार हुने गरेको छ । तर, कोरोनाको सन्त्रासका कारण नाकाहरु ठप्प भएकाले यसबाट नेपाली अर्थतन्त्र प्रभावित हुने खतरा बढेको छ ।नेपालबाट जडीबुटी, ह्याण्डीक्राफ्ट, कार्पेट जस्ता सामान चीनतर्फ निर्यात हुन्छ भने चीनबाट नेपालमा मोबाइल, विद्युतीय सामाग्री, स्याउ, विभिन्न किसिमका सफ्टवेयर, लत्ता कपडा र जुत्ता चप्पल जस्ता वस्तु धेरै आयात हुने वस्तुमा पर्छन् ।आर्थिक वर्ष ०७५/७६ मा २ खर्ब ५ अर्ब ५१ करोडको वस्तु चीनबाट आयात गर्दा नेपालले चीनतर्फ २ अर्ब १० करोड ९७ करोडको निर्यात गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालले चीनसँग १ खर्ब साढे १९ अर्बको व्यापार गरेको छ ।

    समीक्षा अवधिमा चीनबाट नेपालमा एक खर्ब १८ अर्ब २५ करोडको वस्तु आयात हुँदा एक अर्ब एक करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।रञ्जना व्यापार संघका अध्यक्ष अञ्जान शाक्यका अनुसार कोरोना भाइरसका कारण चीनबाट गर्मीयामको कपडा ल्याउन सकिएको छैन । तातोपानी भन्सार यार्डमा थन्किएका सामानसमेत कोरोनाकै कारण देखाएर जाँच पास भएको छैन, चीन जान सकिने अवस्था नै रहेन,’ श्रेष्ठले अनलाइनबरसँग भने ।

    चीनतर्फको व्यापारिक नाका सबै बन्द भएकाले व्यापार ठप्प रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । चीनतर्फका सबै कारोबार ठप्प रहेका कारण समुन्द्री बन्दरगाहमा आएका सामानको जाँचपास हुन नसकेको संघका अध्यक्ष बच्चु पौडेलले बताए ।भारतको बिशाखापटनममा तोकिएको समयभन्दा धेरै समय सामान बस्दा महसुल बढ्ने गरेको र यसले लागत बढ्न गई सामानको मूल्य बढ्ने पौडेलले अनलाइनखबरलाई बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑