• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मिडियाले नेपाली भाषा र सभ्यतामाथि हमला गरेको प्रधानमन्त्रीको आरोपमा भाषाविदले के भने?

  • वीरगंज संजाल
  • २९ माघ २०७६, बुधबार ०९:१७
  • ४७९३

    काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चार माध्यमहरुले अंग्रेजको सिको गर्दै नेपाली भाषा र सभ्यतामाथि हमला गरेको गम्भीर आरोप दोहो¥याउनुभएको छ । नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति प्रधानमन्त्री ओलीले लगातार गम्भीर असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ ।

    यसअघि गत असारमा नेपाली मिडियाले तपाईँ भन्न नजानेको र आफ्नो बाउलाई पनि तिमी भन्ने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएपछि यसप्रति थुप्रै टिकाटिप्पणीहरु भएका थिए । त्यसपछि आज गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भिडियाको भाषाशैलीप्रति आफ्नो असन्तुष्टि फेरि पोख्नुभयो । उहाँले हाम्रा सञ्चारमाध्यमहरु हजुर भन्दाखेरी आफूलाई सारै सानो ठान्ने र अंग्रेजीको कपि गरेर मिस्टर र मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्ने गरेको बताउनुभयो ।

    तर यता भाषाविदहरुले भने प्रधानमन्त्रीको असन्तुष्टि नाजायज भएको प्रतिक्रिया दिएका छन् । सबैलाई समान व्यवहार र समान सम्मान गर्ने परम्परा स्थापित गर्न धेरैजसो मिडियाले अप्रत्यक्ष रुपमा उदृत गर्दा उनी र उनले जस्ता शब्द प्रयोग थालेको भाषाविद राजेन्द्र पराजुलीले बताउनुभयो । उहाँले यसप्रति प्रधानमन्त्रीको असन्तुष्टि जायज नभएको बताउनुभयो । मिडियाले तिमी भन्दैमा अपमान हुने र तपाईँ भन्दैमा सम्मान हुने कुरा बिल्कुलै मान्न नसकिने उहाँको भनाई छ । तर नेपाली भाषाको हिज्जे परम्परा र शुद्धाशुद्धीमा भने सञ्चारमाध्यम जिम्मेबार हुनुपर्ने उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोपसमेत सञ्चारमाध्यमलाई लगाउनुभएको छ । नेपाली भाषामा बच्चालाई तँ भनिने, हुर्किँदै गएपछि तिमी र आफूभन्दा ठूला तथा दौतरीहरुलाई तपाईँ भनिने उल्लेख गर्दै ओलीले तपाई भन्ने आदरार्थी शब्द, व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप लगाउनुभयो । उहाँले नेपाली सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत आरोप लगाउनुभयो । समाजले मिडियाको सिको गर्न थालेका कारण नेपाली भाषाको सभ्यता नै भत्कन थालेको प्रधानमन्त्रीको चिन्ता छ ।

    तर भाषाविद पराजुली यो चिन्ताजनक विषय नरहेको बताउनुहुन्छ । प्रत्यक्ष उदृत गर्दा मिडियाले तिमी कहिल्यै नभनेको उहाँले दाबी गर्नुभयो । हिजो राजामहाराजाहरुलाई मौसुफ र भनिबक्स्यो जस्ता शब्द प्रयोग गरेर अरुलाई उनी र उनले भन्ने गरेको उल्लेख गर्दै उहाँले अबको समाजमा मिडियाले त्यो परम्परा लागु गर्न नहुने जिकिर गर्नुभयो ।

    सञ्चार माध्यमलाई समाजको ऐनाका रुपमा पनि चित्रित गरिन्छ । सञ्चार माध्यमले प्रयोग गरेका भाषाशैली समाजले सिको गर्ने गरेको कुरा पनि सत्य हो । तर भाषागत शैलीमा मिडियाले सबैलाई समान व्यवहार गरिनुपर्ने विषय आधुनिक समाजमा महत्वपूर्ण हो ।

    नेताले बोलेका समाचारमा बताउनुभयो शब्द प्रयोग गर्ने र कुनै साधारण किसानले बोलेको विषयलाई बताए भनेर सम्बोधन गरिनु बिल्कुल उचित हुँदैन । बरु होलिवाइनको प्रचार गरेर धर्मान्तरणको डरलाग्दो स्वरुप निमार्ण गर्नेहरुबाट नेपाली समाज र सभ्यता खतरामा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑