वीरगन्ज | हुण्डी कारोबारमा सलग्न रहेको आरोपमा वीरगन्जका चर्चित तस्कर मदन गुप्तालार्इ पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अडिअर्वा निवासी गुप्तालाइ उनकै घरबाट प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए ।
स्रोत नखुलेको नेपाली साढे पाच लाख रुपैयाँसहित हिजो (आइतबार) पक्राउ परेका ५० वर्षीय भारतीय नागरिक सुरेश महत्तोको बयानको आधारमा गुप्तालाई पक्राउ गरिएको उनले बताए । प्रहरीले भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने महत्तोलाई ५ लाख ५०हजारसहित पक्राउ गरेको थियो ।
हुण्डी कारोबारमा गुप्ताको पनि सलग्नता रहेकोले अनुसन्धानको लागि नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका गुप्ता भारतीय नागरिक हुन् ।
सिमावार्ती शहर रक्सौलबाट बिआर ०५ एए ७३१९ भारतीय मोटरसाइकलमा सवार महतो स्रोत नखुलेको रकम लुकाईछिपाई ल्याइ रहेको अवस्थामा पक्राउ परेपछि प्रहरीलाइ दिएको बयानको अधारमा गुप्तालाई पक्राउ गरिएको हो । पक्राउ परेका गुप्ताले २०६३ सालमा जन्मको आधारमा नेपाली नागरिकता समेत लिएका छ्न ।
गुप्ता पर्सा जिल्लाको चर्चित तस्करको रुपमा पनि प्रख्यात छन् । उनलाई मद्न रुन्चे भन्नेर पनि चिन्ने गरिन्छ ।
उनले सिमावर्ती शहर भारतबाट तस्करी गराएर भित्र्याएको लत्ताकपडा, हार्डवेयर, मोटरपार्टस लगायतको मालसमान प्रहरीकै मिलोमतोमा ट्रान्सपोर्ट मार्फत नेपालको शहरहरुमा पठाउदै आएका छन् ।