बिरगंज । पर्सा बाट प्रकाशित पत्रीका पर्दाफास दैनिक पत्रीका आज ९ औं बर्ष पुरा भैइ १० बर्षमा प्रबेश गरेको छ । नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पर्दाफास दैनिक पत्रीकाका प्रकाशक तथा प्रबन्ध निर्देशक राघव साहको सभापतित्वमा र प्रेस काउन्सिल न्र्पालका सदस्य गोबिन्द प्रसाद चौलागाईंको प्रमुख आतिथ्य भएको पत्रीकाको सुभ काममा मन्तव्य रख्नु हुनेमा सघिय प्रेस फोरमका केन्द्रिय सदस्य बिजय कुस्वाह , प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत , सबिधान सभा सदस्य जयप्रकाश थारु , नेकपा पर्साका अध्यक्ष प्रभु हजरा , नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेल , नेपाल कानुनी व्यवसायी संगठनका केन्द्रिय सदस्य तथा प्रदेश न.२ का संयोजक अधिवक्ता प्रमोद साह , नेकपा का केन्द्रिय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज रामचन्द साहले पत्रकारीता पेशा जटिल रहेको र एकातिर समाजमा रहेको अन्याय , अत्यचार र भस्टचार विरुद्ध निरन्तर लेख्नु छ भने अर्को तिर समाचार छाप्नको लागी आर्थिक समस्या रहेको छ ।त्यसैले पत्रकारितामा ईमान्दारी , निस्पक्ष र निरन्तरता आवस्यक छ , जो पर्दाफासले गरेको छ ।पर्दाफास पत्रीका चलाउदा , यसमा सत्य तत्थ समाचार लेखेको भरमा नै राघव साहलाई मुद्दा खेप्पु परेको छ , तर उहा निरन्तर यस पेशामा लाग्नु भएको छ , सत्य लेख्नेको बिजय हुन्छ र नेपाल पत्रकार महासघ र प्रेस काउन्सिल तपाईको साथमा छ ।तर गलत समाचार लेख्नेलाई कार्वाही हुन्छ र प्रेस काउन्सिल ल्ले निगरानी गरिरहेको हुन्छ ।राम्रो लेख्नेलाई पुरिस्कृत पनि गर्ने बताए ।सो कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका प्रकाशक राघव साहले र कार्यक्रम सन्चालन मनोज पटेलले गर्नु भएको थियो ।