लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका ७३ वटा सटर भत्काइए
वीरगंज संजाल
२३ माघ २०७६, बिहीबार १३:०७
३८६५
रुपन्देही | लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका ७३ वटा सटर भत्काइएको छ । जिल्ला अदालत रुपन्देहीको आदेशपछि अस्पताल आफैले सटर भत्काएको हो । यसअघि लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न नमुना अस्पतालको रुपमा अगाडि बढाउने भन्दै प्रदेश सरकारले सटर भत्काउनुपर्ने निर्णय गरेको हो ।
यी सटरमा व्यवसायीको ६३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान छ । जिल्ला अदालत रुपन्देहीको आदेशपछि अस्पताल प्रशासनले व्यवसायीलाई सटर खाली गर्न ४८ घण्टे अल्टिमेटम दिएको थियो ।
तर जिल्ला अदालतको सटर भत्काउन अवरोध गर्नु नपर्ने भन्ने आदेशविरुद्ध २६ जना व्यवसायीको तर्फबाट यज्ञप्रसाद सापकोटाले सर्वाेच्चमा रिट निवेदन दर्ता गराउनु भएको थियो ।
सर्वाेच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले दुवै पक्षमा फागुन १ गते छलफलको लागि बोलाएको थियो । तर अस्पताल प्रशासनले मुद्धाको किनारा नलाग्दै व्यवसायिक प्रयोजनमा रहेका सटरहरु बिहीबार भत्काइ दिएको हो ।nepalpostdaily