बाजुरामा भाइरल ज्वरोकाे कारण मृत्यु हुनेको संख्या २ पुग्यो, ३ सय बिरामी, पठनपाठन ठप्प
वीरगंज संजाल
२२ माघ २०७६, बुधबार १५:२७
३७९५
बाजुरा । बाजुरामा भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा भाइरल ज्वरोका कारण ५५ वर्र्षीया मिमा कडारा र ९० वर्षीय दलबहादुर रावलको मृत्यु भएको हो ।
बाजुराको दुई गाउँपालिकामा फैलिएको भाइरलका कारण बिरामी हुनेको संख्या ३ सय पुगेको छ । खापर गाउँपालिकामा बिरामी हुनेको संख्या ५० पुगेको छ । उता,हिमाली गाउँपालिकाको वडा नम्बर ६को बाल्डिक गाउँमा बिरामीको संख्या २ सय ५० पुगेको छ ।
सिङ्गो गाउँ नै बिरामी भएकाले स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ । एक सातायता बिरामीको संख्यामा बृद्धि हुँदा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति अभाव भएको छ ।
स्वास्थ्यकर्मीले भाइलर ज्वरो अन्य ठाउँमा पनि फैलन सक्ने भन्दै सुरक्षाका उपाय अपनाउन र स्वास्थ्यमा हेरचाह तथा चिसो तातोमा ख्याल गर्न सुझाव दिएका छन् । गाउँका सबै बालबालिका रुघाखोकी र भाइरल ज्वरोका कारण बिरामी भएपछि पठनपाठनसमेत प्रभावित भएको छ ।news 24