• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाभाइरस: चीनमा फैलिएको महामारीबारे फैलिएका अफवाह र मिथ्या समाचारको चिरफार

  • वीरगंज संजाल
  • २२ माघ २०७६, बुधबार ०८:४०
  • ३९४३

    कोरोनाभाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ।अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा पाइएको सङ्क्रमणमा चीनबाहिर फिलिपिन्समा एक र हङ्‌कङमा एक जनाको मृत्यु भएको छ।तर चीन र अन्य देशमा भाइरस मात्र फैलिएको छैन, धेरै गलत सूचना पनि फैलिएको छ।महामारी सुरु भएपछि धेरै अफवाह फैलिएको छ। चमेरोको सुरुवाबारे एउटा भिडिओबारे त तपाईँले थाहा पाइसक्नुभयो होला।बीबीसीले ती अफवाहको मूल खोज्ने प्रयास गरेको छ।

    चमेरोतस्वीर कपीराइटGETTY IMAGES

    चमेरोको भिडिओ

    सुरुदेखि नै अन्लाइनमा मानिसहरूले कोरोनाभाइरसको उत्पत्तिबारे विभिन्न अडकल गर्न थाले।महामारी फैलिएका बेला चमेरोको मासुको झोल खाएको भिडिओले त्यस्तो अनुमानलाई झन् प्रोत्साहन दियो।एउटा भिडिओमा क्यामरामा एक चिनियाँ महिलाले चमेरोको मासु ‘कुखुराको मासुजस्तो स्वादिलो’ भनेर टिप्पणी गरेको सुनिन्छ।त्यस्ता भिडिओले अन्लाइनमा आक्रोशपूर्ण प्रतिक्रियाहरू निम्त्याए।कतिपय प्रयोगकर्ताहरूले भाइरसको प्रकोप फैलिनुमा चिनियाँहरूको यस्तै खानपानसम्बन्दी व्यवहार भएको आरोप लगाए।तर न त्यो भिडिओ वुहानमा खिचिएको थियो न त चीनकै अन्य भागमा नै।सन् २०१६ मा चर्चित ब्लगर एवं यात्रा कार्यक्रम प्रस्तोत्री मेङ्युन वाङले पश्चिमी प्रशान्त सागरको पलाउ टापुको भ्रमणका बेला त्यो भिडिओ खिचेकी थिइन्।अन्लाइनमा त्यसरी फैलिएपछि उनले क्षमायाचना गर्दै भनिन्, “मैले खालि स्थानीय मानिसहरूको जीवनशैली देखाउन खोजेकी थिएँ।”उनले चमेरोले भाइरस बोक्न सक्छ भन्ने आफूलाई थाहा नभएको बताइन्। अहिले उक्त भिडिओ अन्लाइनबाट हटाइएको छ।

    • कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरी’ भएको स्वीकारोक्ति
    • चीनबाट नेपालीको उद्धारमा यसकारण भइरहेको छ ढिलाइ

    नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्यपदार्थ बजारबाट फैलिएको अनुमान गरिएको छ।चमेरो पनि भाइरसको सम्भावित स्रोतको भएको चीनमा गरिएको एउटा अध्ययनले देखाएको छ।तर त्यो त्यहाँ सहजै पाइने परिकार भने होइन। त्यसैले वास्तविकता पहिचान गर्ने काम अझै जारी छ।

    वुहनको समुद्री खाद्य तथा माछा बजारतस्वीर कपीराइटAFP/GETTY IMAGES

    ‘योजनाबद्ध’ प्रकोप

    अमेरिकामा पनि यसको घटना पाइएसँगै थुप्रै प्याटन्टसम्बन्धी कागजपत्र फेसबुक र ट्विटरमा सार्वजनिक हुन थाले।तिनले विज्ञहरूलाई उक्त भाइरसबारे वर्षौँदेखि जानकारी भएको सङ्केत गर्थे।त्यस्तो आशङ्कापूर्ण धारणा सार्वजनिक गर्ने प्रारम्भिक व्यक्तिमध्ये युट्युबर जोर्डन साथर हुन्।हजारौँ पटक रिट्वीट गरिएका उनका शृङ्खलाबद्ध ट्वीटमा साथरले सन् २०१५ को एउटा प्याटेन्टबारे लेखेका छन्।इङ्ग्ल्यान्डस्थित पर्ब्राईट इन्स्टिट्यूट इन सरीले दर्ता गराएको उक्त प्याटन्टमा एउटा कमजोर खालको कोरोनाभाइरसको विकास गरेर श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गर्न सकिने उल्लेख छ।उक्त प्याटन्टको लिङ्क फेसबुकमा खोपविरोधी र कपट भएको मान्यता राख्ने व्यक्तिका ग्रूपबाट व्यापक रूपमा प्रसारित भयो।

    • कोरोनाभाइरस सङ्क्रमण वन्यजन्तुका लागि यसरी वरदान हुन सक्छ
    • कोरोनाभाइरसले मानिसको शरीरमा के गर्छ

    बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले पर्ब्राईट र खोप विकासका लागि आर्थिक सहायता गर्ने गरेको तथ्य प्रस्तुत गर्दै साथरले अहिले जानीजानी महामारी फैलाइएको र खोप विकासका लागि पैसा जुटाउनु त्यसको उद्देश्य भएको दाबी गरेका छन्।उनले ट्वीटमा भनेका छन्। “गेट्स फाउन्डेशनले अहिलेसम्म खोप विकासका लागि कति पैसा दियो? के यो रोग फैलिने काम योजनाबद्ध थियो? के यसको त्रास फैलाउन सञ्चारमाध्यमहरू प्रयोग भइरहेका हुन्?”तर पर्ब्राईटको प्याटन्ट नयाँ कोरोनाभाइरसबारे होइन। यो बरु व्यापक कोरोनाभाइरस समूहकै एउटा सदस्य एभीअन इन्फेक्शस ब्रोङ्काईटिस भाइरसको हो।गेट्स फाउन्डेशनकी एक प्रवक्ताले बज्फीड न्यूजसँग पर्ब्राईट इन्स्टिट्यूटलाई उक्त भाइरसको अध्ययनमा आफूहरूले आर्थिक सहयोग उपलब्ध नगराएको बताएकी छन्।

    भाइरसहरूतस्वीर कपीराइटGETTY IMAGES

    जैविकअस्त्रसम्बन्धी अफवाह

    इन्टरनेटमा अर्को आधारहीन दाबी फैलिएको छ: अहिले फैलिएको कोरोनाभाइरस चीनको एउटा गोप्य जैविक अस्त्र कार्यक्रमअन्तर्गत बनाइएको थियो र वुहान भाइरोलजी इन्स्टिट्यूटबाट चुहिएको हुन सक्छ।त्यस्तो दाबी गर्दा धेरैले इजरेलका एक पूर्वगुप्तचर अधिकारीको भनाइ उद्धृत गरिएको वाशिङ्टन टाइम्सका दुईवटा लेखलाई आधार मान्ने गरेका छन्।तर तिनमा त्यस्तो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण छैनन्।ती लेख सामाजिक सञ्जालमा लाखौँ पटक शेअर भएका छन्।चिनियाँ औपचारिक अनुसन्धानअनुसार वुहानको समुद्री खाद्यबजारमा त्यो भाइरस पहिलो पटक भेटिएको थियो।बीबीसी न्यूजले वाशिङ्टन टाइम्सको प्रतिक्रिया लिने प्रयास गरेको थियो।

    टेस्ट ट्युबहरूतस्वीर कपीराइटGETTY IMAGES

    ‘जासुसी टोली’

    कोरोनाभाइरससँग सम्बन्धित अर्को अफवाहअनुसार क्यानडाको सूक्ष्मजीव विज्ञासम्बन्धी राष्ट्रिय प्रयोगशालाका एक अनुसन्धानकर्ता निलम्बित भएपछि नयाँ भाइरस देखिएको हो।क्यानडाको प्रसारक सीबीसीकाअनुसार भाइरोलजिस्ट डा. सियान्गुओ चिउलाई उनका पति र केही विद्यार्थीसहित गत वर्ष चीनबाट निष्काशित गरिएको थियो।तर प्रहरीले सीबीएसलाई बताएअनुसार त्यसबाट सार्वजनिक सुरक्षाका लागि अहिले कुनै खतरा छैन।अर्को विवरणअनुसार डा. चिउले वुहानस्थित एक प्रयोगशाला भ्रमण पनि गरेकी थिइन्।उनीहरू चिनियाँ जासुस भएको दाबी गरिएको एउटा ट्वीट हजारौँ पटक रिट्वीट गरिएको थियो।सीबीएसले पछि ती सबै दाबीहरू आधारहीन भएको बताएको छ।

    ‘वुहानकी नर्सको भिडिओ’

    चिकित्सकीय उपकरणतस्वीर कपीराइटGETTY IMAGES

    पोल खोलिएको दाबी गरिएको एउटा भिडिओ हुबे प्रान्तका एक चिकित्सक र नर्सले खिचेको दाबी गरिएको छ।विभिन्न सामाजिक सञ्जालका विभिन्न मञ्चमा दशौँ लाख मानिसले उक्त भिडिओ हेरेका छन्।तीमध्ये सबैभन्दा चर्चित भिडिओलाई एक कोरियालीले युट्युबमा हालेका छन्। त्यसमा ती महिला वुहानको एउटा अस्पतालकी एक नर्स भएको बताएको छ।तर ती महिलाले त्यसको पुष्टि गरेकी छैनन्।उनले सुरक्षा पोसाक पनि लगाएकी छन्। तर उनको पोसाक हुबेमा लगाइने पोसाकसँग मेल खाँदैन।उनका अनुसार चीनमा ९०,००० जनालाई नयाँ भाइरस सङ्क्रमण भइसकेको छ। तर आधिकारिक तथ्याङ्कअनुसार चीनमा २०,००० जनामा त्यो सङ्क्रमण देखिएको छ।चाइनाफाइल अन्लाइनका दृश्य सम्पादक मुयी सियाओका अनुसार ती महिला वुहानकी होइनन्। त्यो भिडिओको सत्यतालाई लिएर आशङ्का व्यक्त भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑