बारा ।बारा जिल्लाको रमपुर्वा गाँउमा बिगत ४/५ बर्ष देखि साधु (बाबा) को भेषमा बस्दै आएका भारत राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पंचायत बस्ने बर्ष ५३ को रामेश्वर भन्ने हरी नारायण शर्माले मिति २०७६/१०/१९ गते दिनको अं.१९;३० बजेको समयमा पीडिताको घरमा खाना खाने बहाना बनाई बसी पीडिताको बुवा तथा परिवारको व्यक्तिहरू नभएको मौका पारी भाग्न उम्कन नदिई धाकधम्की देखाई जबरजस्ती कारणी गरी सकी
भाग्न लागेको अवस्थामा घरपरिवार लगायतका स्थानिय मानिसहरूको सहयोगमा निज रामेश्वर भन्ने हरी नारायण शर्मालाई इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरी टोलीले तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा दाखिला गरेको तथा निज प्रतिवादी उपर पीडित नबालिकाको बुवाले यस कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा निज रामेश्वर भन्ने हरी नारायण शर्मा उपर सम्मानित बारा जिल्ला अदालतबाट जबजस्ती करणी मुद्दामा ७ दिन म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएको छ ।