पर्सा | पर्सा प्रहरीले लागू औषध मुद्दाका फरार प्रतिबादीलाइ पक्राउ गरेर सार्बजनिक गरेको छ l लागू औषध गांजाको केसमा जिल्ला अदालत पर्साबाट लगत नं.१३१७ मिति २०७४/११/२२ गतेको फैसलाले १ बर्ष कैद र रु.५०००।– जरिवाना सजाय तोकिएको फरार हुदै आएका प्रतबादीलाइ पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ l
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा न;७ बिश्रामपूर ३० बर्षीय बिनोद कुशवाहा रहेको जिल्ला प्रहरी कार्यलय पर्साको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राथोरले बताउनु भयो l
आफ्नै गाउ घरमा रहेको अवस्थामा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको गएको प्रहरीको टोलीले कुशवाहालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ lपक्राउ परेका कुश्वाहालाई जिल्ला अदालत पर्सामा पेस गरिएकोमा अदालतको आदेश अनुसार १ बर्ष कैद भुकतानिको लागी कारागारमा चालान गरिएको पर्सा प्रहरीले जनाएको छ l nepal post daily