वीरगन्ज । नेपाली कांग्रेस वडा नं. २१ को बुथ समितिले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब सयौं महिला तथा पुरुषले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्गटा प्रमुख अतिथि रहेका थिए । मन्तव्यका क्रममा उनले अहिलेको जटिल पानी समस्या प्रति चिन्ता व्यक्त गर्दै भने, ‘‘मन्त्रीहरूले भाषण र फोटो खिचाइ मात्रै गरिरहेका छन्, तर चुनावताका गरेका वाचा पुरा गरेका छैनन् । यस्तो समस्या पुस–माघमै समाधान गर्नु पर्ने हो ।’’ उनले वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमलाई तुरुन्त समस्या समाधानका लागि निर्देशन समेत दिए ।
कार्यक्रममा उप–प्रमुख इम्तियाज आलमले पनि पानी समस्या चाँडै समाधान गरिने बताउँदै सम्बन्धित निकायका कर्मचारीलाई बोलाई छलफल भइरहेको जानकारी दिए ।
विशिष्ट अतिथिमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति राम नारायण कुर्मी र जिल्ला सचिव तथा उप–प्रमुख इम्तियाज आलम रहेका थिए । साथै कांग्रेस क्षेत्र नं. २ का सभापति महमद सहाबुदिन, क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल सिंह, नगर उप–सभापति तथा वडा नं. २८ का अध्यक्ष सर्जुग महतो, मुस्लिम संघका सभापति हबिब मिया, महिला सभापति किरण शर्मा, जतन कुर्मी लगायतको उपस्थिति थियो ।
कार्यक्रम वडा नं. २१ का बुथ सभापति रामनारायण साहको अध्यक्षतामा सम्पन्न भएको हो । जानकारी उप–प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिएका हुन् ।