• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

  • वीरगंज संजाल
  • २७ असार २०८२, शुक्रबार १५:३३
  • २१३

    काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जनसंख्या वृद्धिदर घट्दै गएको र युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र जनसांख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको बताएका छन् । विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सरकारबाट राष्ट्रिय जनसंख्या नीति, २०८२ स्वीकृत भएको जानकारी दिए । ‘नेपालको अहिले देखिएको जनसांख्यिकीय चुनौतीलाई समाधान गर्न यो नीतिलाई मार्गदर्शनका रूपमा अंगीकार गर्दै तीनै तहका सरकारमार्फत प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुने विश्वास लिएको छु,’ उनले भने । बदलिँदो जनसांख्यिक संरचना र नवीन प्रविधिका अवसरलाई प्रभावकारी ढंगले उपयोग गर्न सरकारले समग्र जनसांख्यिक परिप्रेक्ष्यमा पुनर्संरचना गर्ने तयारी अघि बढाएको छ । स्वास्थ्यमन्त्रीको अध्यक्षतामा गठन हुने राष्ट्रिय जनसंख्या निर्देशन तथा समन्वय समिति मार्फत जनसंख्या व्यवस्थापनलाई थप क्रियाशील बनाइने सरकारको योजना छ । सो समितिले तीनै तहका सरकारका प्रयास समन्वय गर्दै संघीय तहबाट जनसंख्या व्यवस्थापन मार्गदर्शन जारी गर्ने बताएको छ ।

    त्यस्तै, राष्ट्रिय जनसंख्या ऐन निर्माण गरी कार्यान्वयनमा लैजाने तयारी पनि अघि सारिएको छ । जनसांख्यिकीय परिवर्तनसँग जोडिएका विषयहरू—जसमा ज्येष्ठ नागरिक, युवा पुस्ता, बालबालिका, महिला तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहका सवालहरू विशेष रूपमा समेटिएका छन् । सरकारले विकासका सबै क्षेत्रमा जनसंख्याको मूलप्रवाहीकरण गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरेको छ । त्यस्तै, घट्दो प्रजनन दरलाई प्रतिस्थापन तहमा सन्तुलन कायम गर्न विभिन्न नीति सुधार र प्रोत्साहनात्मक कार्यक्रमहरू सञ्चालन गरिने पनि जनाइएको छ । स्वास्थ्य पहुँचमा सुधार ल्याउने उद्देश्यसहित स्वास्थ्य बीमा कार्यक्रममार्फत सबै नागरिकलाई उपचार सेवा र आर्थिक सहायता उपलब्ध गराउने तयारीसमेत छ । साथै, जनसंख्या सम्बन्धी सबै प्रकारका तथ्यांकलाई तीनै तहका सरकारबीच एकीकृत प्रतिवेदन प्रणालीमार्फत स्वचालित रूपमा व्यवस्थापन गरिने नीतिमा उल्लेख छ । यी प्रयासहरूमा निजी क्षेत्र, विकास साझेदार, विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग सहकार्य र समन्वयलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

    मन्त्री पौडेलले नेपालको जनसंख्याको वर्तमान बनावट, वितरण र संरचनासँगसँगै देखापरेका अवसर र चुनौतीहरूलाई उचित सम्बोधन गर्न सरकारले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए । राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ । २०७८ को राष्ट्रिय जनगणनाका अनुसार नेपालमा जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतमा झरेको छ भने प्रजनन दर प्रतिस्थापन तहभन्दा तल रहेको १.९३ छ । जबकि प्रजनन दर २.१ भन्दा बढी हुनुपर्ने विज्ञ बताउछन् । त्यस्तै ज्येष्ठ नागरिकको जनसंख्या १०.२१ प्रतिशत रहेको छ भने १५—५९ वर्ष उमेर समूहको जनसंख्या ६१. ९ प्रतिशत रहेको छ । त्यस्तै जन्मका क्रममा लैङ्गिक अनुपात प्रत्येक सय बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको छ । ‘ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि हुँदै गएको सन्दर्भमा उनीहरूको ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्न, युवा जनसंख्याले चाहेजस्तो पारिवारिक आकार र वातावरण निर्माण गर्न तथा पारिवारिक सद्भाव कायम राख्न जनसंख्याको प्रभावकारी व्यवस्थापन गर्नु आजको आवश्यकता हो,’ मन्त्री पौडेलले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑