वीरगन्ज । वीरगन्ज-१० आदर्शनगरस्थित स्वीमिङ्ग पुलमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ ।स्वीमिङ्ग पुलमा डुबेर वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित प्रमोद रौनियारका ९ वर्षीय छोरा बजरंगी रौनियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार डुबेर अचेत भएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
बालकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।