वीरगन्ज | वीरगन्ज महानगरपालिकाले त्रिभुवन रमापथ अन्त्र्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तारका लागि सोमबारदेखि थालेको सडक क्षेत्रभित्रका संरचना हटाउने कार्यको विरोधमा घरधनीहरु उत्रिएका छन् ।
वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिका अध्यक्ष जवाहर प्रसाद गुप्ताको नेतृत्वमा २१ जनाले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै संरचना भत्काउने कार्य तत्काल रोक्न मागपनि गरेका छन्।
वीरगन्ज महानगरपालिकाले भने सर्वोच्च अदालतको फैैसला कार्यान्वयनका लागि भन्दै सोमबारदेखि वीरगन्ज भन्सार क्षेत्रबाट सडक विस्तारको काम सुरु गरेको जनाएको छ । त्यसक्रममा महानगरपालिकाले डोजर लगाएरर भन्सार क्षेत्रको सडक क्षेत्रमा पर्ने संंरचनाहरु भत्काएर हटाइरहेको छ ।’
तर मुख्य सडकक्षेत्रभित्र घर पर्ने घरधनीहरुले वीरगन्ज महानगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर घरटहराहरु भत्काइरहेकाले उक्त कार्य तत्काल रोक्न माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ– मुख्य सडक विस्तार सम्बन्धमा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ आइ नसकेको तथा पूर्णपाठ आएपछिपनि पुनरावलोकनमा जाने मइान कानुनी व्यवस्था रहेको छ ।साथै सडक डिििभिजन कार्यालय हेटौंडाबाट एलाइमेन्ट परिवर्तन भइसकेकाले अब उपरान्त वीरगन्जको मुख्य सडकका घर संरचनाहरु नभत्काउने जानकारीप् प्राप्त भएकाले वीरगन्ज महानगरपालिकाले निर्णय विपरित मनपरी ढंगले घरहरु भत्काइरहेको छ । त्यसकारण उक्त कार्य रोकेर संविधानले दिएको अधिकार अनुसार आँफुहरुको जीउधन तथा सम्पतिको सुरक्षा गर्न माग गर्दछौं ।’