• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

  • वीरगंज संजाल
  • १७ असार २०८२, मंगलवार १७:०६
  • १८५

    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १० वर्षपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणाले नेकपा एमाले वृत्तमा ठुलै हलचल ल्याएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार पूर्वराष्ट्रपति भण्डारीले पुनः पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले पार्टी राजनीतिमा फर्किनुमा विशिष्ट महत्त्वाकाङ्क्षा नभएको तथा देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको प्रस्ट पारेकी थिइन् । ‘अब म एमाले परिवारको एक सदस्यको रूपमा जोडिएको छु । यसमा म गर्व गर्छु । मेरो विशिष्ट महत्त्वाकाङ्क्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो’, भण्डारीले भनेकी थिइन् । भण्डारीले दिवंगत पति मदनका दुई वटा भनाइ– ‘जनता भनेका भगवान् हुन्’ र ‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन’ भन्ने आदर्शबाट आफू सक्रिय राजनीतिमा फर्किन प्रेरित रहेको सन्देश प्रवाह गरेकी थिइन् ।

    केही महिनाअघि प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले अझै २०–२५ वर्ष आफूविनाको एमाले कल्पना नगर्न चेतावनी दिएका वेला भण्डारीको पुनरागमनले पार्टीको ११औँ महाधिवेशन निकै पेचिलो हुनसक्ने आकलन गरिएको छ । २०७२ सालमा राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीले एमाले परित्याग गरेकी थिइन् । नेपालको प्रथम महिला राष्ट्रपति बन्ने अवसर पाएकी उनी दुई पटक राज्यको सर्वोच्च पदको जिम्मेवारी सम्हालेर २०७९ फागुनमा शीतल निवासबाट बाहिरिएकी थिइन् । नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रप्रमुखको भूमिका दिएको छ । राज्यको सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि पार्टी राजनीतिमा फर्किएको अभ्यास विश्वमा विरलै भेटिन्छ । संयोग नै मान्नुपर्छ, भण्डारी दुवै कार्यकाल राष्ट्रपति हुँदा उपराष्ट्रपति भएका नन्दकिशोर पुन ‘पासाङ’ यसअघि नै नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किसकेका छन् । पासाङलाई माओवादीले उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

    भण्डारीको जिम्मेवारीको विषयमा एमालेले कुनै निर्णय गरिसकेको छैन । सम्बन्धित पार्टी, राजनीतिज्ञ, बुद्धिजीवी, समाजसेवी लगायतले सम्मानित जीवनयापन गर्न दिएका सुझावलाई बेवास्ता गरी भण्डारी सक्रिय राजनीतिमा फर्किनुको उद्देश्यबारे राजनीतिक वृत्तमा फरक–फरक धारणा आइराखेका छन् । केहीले भण्डारीको राजनीतिक पुनरागमन पार्टी एकलौटी कब्जा गरेर बसेका ओलीका लागि गतिलो झापड भएको बताएका छन् । केहीले राज्यको सम्मानित पदमा पुगेर पनि सक्रिय राजनीतिको मोह त्याग्न नसकेको भनेर टिप्पणी गरेका छन् । सक्रिय राजनीतिमा भण्डारीको आगमनसँगै पार्टी फेरि विभाजनको सिकार बन्ने हो कि भन्ने एमालेका नेता तथा कार्यकर्तामा चिन्तासमेत थपिन थालेको छ ।

    यद्यपि प्रधानमन्त्री ओलीले भण्डारीको पुनरागमनले एमालेभित्र कुनै बम–बारुद नपड्किने भनेर नेता तथा कार्यकर्ताहरूलाई आस्वस्त पार्ने प्रयास गरेका छन् । ओलीले शनिबार आयोजित कार्यक्रममा भनेका थिए– ‘यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीले बम पड्काउनुहुन्छ । ड्याङड्याङ डुङ्ग, यहीँबाट एमाले ध्वस्त हुन थाल्छ– यो सपना देखेर बसेका छन् । कुनै बम, बारुद, गोला, केही पड्किनेवाला छैन । नेकपा एमाले एक छ, एक रहन्छ ।’

    भण्डारी फेरि राजनीतिक रिङमा किन प्रवेश गरिन् ?
    एमालेमा एकसे एक काबिल नेताहरू हुँदाहुँदै राजनीतिक रिङबाट बाहिरिसकेकी भण्डारी फेरि पार्टीमा फर्किनुको उद्देश्यबारे विश्लेषकहरूले पृथक धारणा राखेका छन् । ओलीको कब्जाबाट पार्टीलाई मुक्त बनाउन सक्ने ल्याकत कसैसँग नभएकाले भण्डारीको पुनरागमन भएको राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेलले जिकिर गरे ।

    ‘एमालेमा नेतृत्व कब्जा गरेर अहिलेका अध्यक्ष ओली बस्नुभएको छ । त्यो कब्जाबाट पार्टीलाई फुकाउने ल्याकत त्यहाँ अहिलेका कुनै नेतामा देखिएन । त्यहीँभित्रका पीडितहरू, जसले ओलीलाई चुनौती दिन सकेका थिएनन्– उनीहरूले विद्या भण्डारीबाट मात्र सम्भव देखेर ल्याएका हुन्’, उनले भने ।

    पोखरेलका अनुसार हिजो लोकतान्त्रिकरणको एजेण्डा लिएर गएको नेताले नेतृत्वमा पुगेपछि निमिट्यान्न पारिदियो । ‘आन्तरिक लोकतन्त्रलाई निमिट्यान्न पारेकाले कोही पनि बोल्न सक्ने हैसियत रहेन,’ उनले भने, ‘नेतृत्वसँग राय बझाउन सक्ने क्षमता भएका नेता त्यो पार्टीमा रहेनन् ।’

    आवाजविहीनहरूको आवाज बन्न सक्ने क्षमता भण्डारीमा देखेरै एकथरि नेता–कार्यकर्ताले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन प्रेरित गरेको पोखरेलको तर्क छ ।

    एमालेका नेता के भन्छन् ?
    पूर्वकानुनमन्त्री तथा एमालेका युवा नेता पदम गिरीका अनुसार भण्डारीले पार्टीभित्र विशिष्ट जिम्मेवारी नखोजेकाले आपसी सहमतिकै आधारमा आगामी महाधिवेशनबाट टुङ्गो लगाउने प्रस्ट पारे ।

    ‘उहाँलाई पार्टीले नै राष्ट्रको सर्वोच्च निकायमा बसेर देश र जनताको सेवा गर्न पठाएको हो । राष्ट्रपतिको भूमिका सकियो, अब पार्टीकै जिम्मेवारीमा फर्किन्छु भन्नुभएको हो,’ उनले भने, ‘पार्टी अध्यक्ष वा कुनै पद चाहिन्छ भन्नुभएको छैन ।’

    पार्टीलाई थप एकताबद्ध बनाएर कसरी लैजाने भन्ने विषय आगामी महाधिवेशनमा छलफल हुने गिरीले बताए । एमाले फेरि विभाजन हुन्छ कि, कमजोर हुन्छ कि भनेर विश्लेषण भइरहेको सन्दर्भमा केन्द्रित हुँदै उनले सबैलाई समेटेर समझदारीमा जे गर्दा उपयुक्त हुन्छ, महाधिवेशनबाट त्यही गरिने प्रस्ट पारे ।

    पार्टी युवा वा बुढाले भन्दा पनि विचारले चल्ने भएकाले अध्यक्ष बन्नुपर्छ भन्ने नभएको गिरीको तर्क छ । ‘युवा वा बुढा भनेर हुँदैन । हामी पनि पार्टीको जिम्मेवार पदमै बसेर काम गरिरहेका छौँ,’ उनले भने, ‘अध्यक्ष नै हुनुपर्छ भन्ने छैन । यद्यपि पार्टीका हरेक समितिमा युवा सङ्ख्या, भूमिका बढाउने गरी नीति बनाउन आवश्यक छ ।’

    पार्टी नेतृत्वमा कसलाई ल्याउने भन्ने विषय सार्वभौम महाधिवेशन प्रतिनिधिहरूको हातमा रहेकाले देश र जनताको हितका लागि जसलाई नेतृत्वमा ल्याउन आवश्यक ठान्छन्, वैधानिक तवरले त्यो प्लेटफर्म सुरक्षित रहने गिरीले बताए ।

    अर्का नेता शेरबहादुर तामाङले पार्टी हाँक्न सबैभन्दा काबिल नेतृत्व भण्डारी भएकाले राजनीतिमा पुनरागमन भएको हुनसक्ने लख काटे । यद्यपि आफू नेता नभई कार्यकर्तामात्र भएकाले तल बसेर हेरिरहेको उनको भनाइ छ । यस विषयमा केही बोलिरहनु आवश्यक नभएको उनले प्रस्ट पारे ।

    ‘एमालेमा मात्र होइन, सबैजसो पार्टीमा विधानलाई आफू अनुकूल व्याख्या गर्ने परिपाटी छ । आफूलाई पर्दा एउटा व्याख्या गर्छन्, अर्कोलाई पर्दा अर्को व्याख्या गर्छन्,’ तामाङले भने, ‘उमेरहद, कार्यकालको विषय कहिले विधानमा राखिन्छ, कहिले हटाइन्छ ।’

    एमालेका अर्का नेता कर्णबहादुर थापाले सक्रिय राजनीतिमा भण्डारीको पुनरागमनलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । लामो समय पार्टीको नेतृत्व तहमा बसेर सक्रिय भूमिका खेलेको व्यक्ति फेरि राजनीतिमा फर्किँदा कोही दुःखी वा कोही खुसी हुनु आवश्यक नभएको उनको भनाइ छ ।

    ‘उहाँको राजनीतिक पुनरागमनलाई सबैले सकारात्मक रूपमा लिनुपर्छ । उहाँले कुनै पद खोज्नु भएको पनि छैन । लामो समय नेतृत्व तहमै बसेर भूमिका खेल्नुभएको थियो । पार्टीभित्र उहाँलाई कुन पद सिर्जना गरेर दिने भन्ने कुरा छलफलको विषय होला’, थापाले भने ।

    एमालेभित्र युवा पङ्क्तिमा नेतृत्व गर्न सक्ने क्षमता नभएर ओलीको विकल्पमा भण्डारीलाई ल्याइएको हो ? भन्ने प्रश्नमा थापाले कम्युनिस्ट सिद्धान्त वा जबजमा त्यस्तो नहुने जिकिर गरे । उनले ओलीको विकल्प वा अन्य कुनैको विकल्पमा भण्डारीलाई ल्याएको भन्ने प्रश्न नै गलत भएको बताए ।

    एमालेभित्र नेतृत्वको विषयमा उमेरहद र दुई कार्यकालको व्यवस्था आठौँ महाधिवेशनबाटै उठे पनि २०७८ सालमा भएको १० औँ महाधिवेशनले विधानमा लिपिबद्ध गरेको थियो । पार्टी विभाजन पश्चात् एकीकृत समाजवादीमा गएका वरिष्ठ नेता मुकुन्द न्यौपानेलाई एमालेमै फर्काउनका लागि केन्द्रीय समिति बैठकले त्यो प्रावधान निलम्बन गरेको थियो ।

    ओलीले आफ्ना बलिया प्रतिस्पर्धी माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल लगायतलाई पन्छाउन उमेरहद ल्याएको हुनसक्ने प्राध्यापक कृष्ण पोखरेल बताउँछन् । पार्टी विभाजन भएपछि एमालेमा आफूलाई चुनौती दिने कोही नदेखिएकाले आफू निर्विकल्प अध्यक्ष बनिराख्न ओलीले चलाखी गरेको उनको भनाइ छ ।

    मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले एमाले पछिल्लो पटक भएको विभाजनपछि निष्क्रिय बसेका वा असन्तुष्ट भएका वा मौन बसेका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता देखिएको अनुभूति व्यक्त गरेका थिए ।

    ‘कार्यक्रम पश्चातको अनौपचारिक गफमा ईश्वर पोखरेलको खुलेको भाषणको बारेमा धेरैले प्रतिक्रिया जनाएको पाइयो । लाग्दथ्यो– उहाँले वरिष्ठ नेताको हैसियतमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा औपचारिक आमन्त्रण गर्दै हुनुहुन्थ्यो । एमालेको आन्तरिक जीवनमा पूर्वराष्ट्रपति भण्डारीको आजको घोषणाले कस्तो असर पर्ला, निकट भविष्यमा प्रकट होला तर त्यहाँ अभूतपूर्व उत्साह देखिन्थ्यो’, शनिबार भट्टराईले सामाजिक सञ्जालमा लेखेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑