वीरगंज | सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् | भोताङबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस शनिबार दिउँसो करिब १ बजे दुर्घटनामा परेको हो।
इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार, बस मेलम्ची नगरपालिका–१० को रामपुरबेसीस्थित बजारपारिको सडकमा दुर्घटना भएको हो। दुर्घटनामा परी बसमा सवार ८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्य ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।