वीरगञ्ज । नबिल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयलाई १० थान विद्युत पंखा हस्तान्तरण गरेको छ।
विद्यालयका कक्षा कोठामा अध्ययनरत विद्यार्थीहरूलाई सहज, स्वच्छ र प्रभावकारी सिकाइ वातावरण सिर्जना गर्ने उद्देश्यले प्रदान गरिएका ती पंखा एक औपचारिक कार्यक्रममा नबिल बैंकका मधेश प्रदेश प्रमुख सुलभ कुमार श्रेष्ठले विद्यालयका उप–प्रधानाध्यापक बिनोद कुमार स्वर्णकारलाई हस्तान्तरण गर्नुभएको हो।कार्यक्रममा वीरगञ्ज–४ का वडा अध्यक्ष जगत साह कानु प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यस्तै, बैंकको तर्फबाटसन्तोष साह (इन्चार्ज – ऋण असुली विभाग, मधेश प्रदेश), सञ्जीव पाण्डे (मधेश प्रदेश क्लस्टर कार्यालय), तथा विशेष दैबग्य(शाखा प्रबन्धक – वीरगञ्ज शाखा) को उपस्थिति रहेको थियो।
विद्यालय प्रशासनले नबिल बैंकको यो सहयोगप्रति आभार व्यक्त गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा यस्तो सहकार्य प्रेरणादायी भएको बताएको छ। नबिल बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा वित्तीय पहुँच विस्तारमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।