• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

  • वीरगंज संजाल
  • १३ असार २०८२, शुक्रबार १२:३४
  • २०१

    रौतहट । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । तर रौतहटका १८ पालिकामध्ये पाँच पालिकाले उक्त समयसीमाभित्र बजेट ल्याउन सकेनन् । रौतहटका देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाले सरकारले तोकेको समय सीमाभित्र बजेट ल्याउन नसकेका हुन् ।

    देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानु अस्वस्थ भएर अस्पतालमा उपचाररत रहनुभएका कारण नगर सभा हुन् नसकेको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनन्जयप्रसाद दासले जानकारी दिनुभयो ।

    यसैगरी, फतुवा विजयपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख अम्बेया खातुनले बजेट ल्याउने विषयमा जनप्रतिनिधिबिच विवाद नरहेको बताउनुभयो । चालु आर्थिक वर्षकै बजेट खर्चमा जनप्रतिनिधि व्यस्त भएका कारण बजेट ल्याउन नसकेको बताउनुहुँदै कार्यवाहक नगरप्रमुख खातुनले असारभित्र बजेट आउने सम्भावना रहेको जानकारी दिनुभयो ।

    वृन्दावन नगरपालिकाले असार १० गते नै सभा गर्ने सूचना जारी गरेको भएता पनि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको आदेशका कारण हुन् नसकेको नगरप्रमुख विनोदप्रसाद कुर्मीले बताउनुभयो । नगर उपप्रमुख सङ्गीताकुमारी रामले दायर गर्नुभएको निवेदनमा सुनुवाइ गर्दै अदालतले असार १३ गते नगर उपप्रमुख राम र नगरपालिकालाई छलफलमा बोलाएको छ ।

    यसैगरी, दर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले जनप्रतिनिधिबिच आपसी समन्वय नहुँदा तोकिएको समयमा सभा गर्न नसकेको बताउनुभयो ।
    यमुनामाइ गाउँपालिकाका अध्यक्ष महम्मद सउदले गाउँसभाको लागि कार्यपालिकामा छलफल भइरहेको र चाँडै कार्यपालिकाले सभाको मिति तोक्ने जानकारी दिनुभयो ।

    रौतहटको राजपुर नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, गरुडा नगरपालिका, बौधीमाई नगरपालिका, गढिमाई नगरपालिका, ईशनाथ नगरपालिका, चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, मौलापुर नगरपालिका, परोहा नगरपालिका र गुजारा नगरपालिकाले असार १० गतेभित्र बजेट ल्याएकf हुन् । स्थानीय तहले असार मसान्तभित्र बजेट पास गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

    राजपुर नगरपालिकाको बजेट ५७ करोड ५३ लाख ७८ हजार, कटहरिया नगरपालिकाको बजेट ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५,माधवनारायण नगरपालिकाको बजेट ५३ करोड ३५ लाख ८९ हजार, गरुडा नगरपालिकाको बजेट ६९ करोड २६ लाख १७ हजार, बौधीमाई नगरपालिकाको बजेट ४३ करोड ९० लाख ७६ हजार नौ सय नौ, राजदेवी नगरपालिकाको बजेट ५६ करोड ८५ लाख २१ हजार दुई सय १२, गढिमाई नगरपालिकाको बजेट ५४ करोड ९१ लाख ७२ हजार १ सय आठ, ईशनाथ नगरपालिकाको बजेट ४९ करोड ६५ लाख ५२ हजार चार सय ९७, चन्द्रपुर नगरपालिकाको बजेट एक अर्ब २१ करोड ५९ लाख ५१ हजार छ सय ४०, गौर नगरपालिकाको बजेट ६१ करोड १५ लाख ९७ हजार दुई सय ६१, मौलापुर नगरपालिकाको बजेट ३९ करोड ५० लाख, परोहा नगरपालिकाको बजेट ५३ करोड ६७ लाख ८२ हजार ६४ र गुजारा नगरपालिकाको बजेट ७९ करोड ५३ लाख ५१ हजार नौ सय पचास रुपियाँ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑