बारा । बाराको आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा मंगलबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष जवाहर प्रसादको अध्यक्षतामा बसेको सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
उनले आगामी आर्थिक वर्षका लागि ४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत गरेका छन ।
उक्त कार्यक्रममा उपाध्यक्ष मिरा देवी,प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसिया,सम्पूर्ण वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य,वडा सदस्यहरु,प्रशासन शाखा प्रमुख रमेश कुमार गुप्ता,सूचना प्रविधि अधिकृत अमिर मियाँ अन्सारी ,स्वास्थ्य शाखा प्रमुख पारस राय यादव ,लेखापाल सुबोध प्रसाद कुशवाहा,जिन्सी शाखा प्रमुख बलिराम प्रसाद यादव ,पशु स्वास्थ्य सेवा शाखाका राधेश्याम साह कानु,रोजगार संयोजक पप्पु प्रसाद जयसवाल लगायत सुरक्षाकर्मी ,संचारकर्मी र स्थानीयवासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
आर्थिक वर्ष २०८२/०८३को बजेटले सम्पूर्ण जनताहरुको लागि शिक्षा ,स्वास्थ्य ,बिकास निर्माण ,कृषि ,रोजगार ,खानेपानी ,पशुपालन ,शिपमूलक तालिम,चेतनामूलक तालिम गोष्ठी लगायतका कार्यको लागि विशेष प्राथमिकता दिइने छ।